साझा अक्षर

बुद्धशान्ति वडास्तरिय भलिबल : वडा न. २ फाइनलमा

 

शान्तिनगर , माघ २५ ।
बुद्धशान्ति वडा नम्बर २ झापाको बुद्धशान्तिमा आज देखि सुरु दोस्रो बुद्धशान्ति गाउँपालिका वडास्तरिय नकआउट भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा बुद्धशान्ति १ लाई २/१ को सेटमा पराजित गर्दै बाई पाएर सोझै सेमिफानल खेलेको वडा नम्बर २ ले फाइनलमा स्थान बनाएको हो ।

पहिलो सेट १४/२५ ले गुमाउनु पुगेको वडा नम्बर २ ले दोस्रो २५/१९ ले र निर्णायक सेट १५/११ ले जित्न पुग्यो । अब उस्ले भोलि शनिबार हुने दोस्रो सेमिफाइनल वडा नम्बर ३ र ४ को बिजेता सङ्ग फाइनल खेल खेल्नेछ ।

साथै आज भएको उद्घाटन खेलमा वडा नम्बर ३ ले
२५/८ र २५/१७ को सोझो सेटले बुद्धशान्ति ७ लाई पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाएको हो । त्यसैगरी दोस्रो खेलमा बुद्धशान्ति १ ले ६ लाई २५/१६, २०/२५ र १५/१३ ले र वडा ४ ले बुद्धशान्ति ५ लाई २५/११ र २५/१७ को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिको संयोजन तथा वाड नम्बर ६ खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको बिजेताले नगद २० हजार रुपैयाँ , ट्रफी, मेडल र प्रमाणपत्र र उपबिजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने खेलकुद समिति संयोजक अशोक लाखेले जानकारी दिए ।

बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा सन्चालन भईरहेको प्रतियोगिताले युवाहरुलाई खेलकुदको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य राख्न पालिकाले विभिन्न खेलकुदहरूको आयोजना गर्दै आएको गाउँपालिका खेलकुद विकास समिति संयोजक पर्शुराम चेम्जोङले बताए ।

त्यस्तै वडा नं ६ का वडा अध्यक्ष शिवराज पौडेलले अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । वडा खेलकुद बिकास समितिका अध्यक्ष अशोक लाखेको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा बुद्धशान्तिका सबै वडाध्यक्ष, स्थानीय सामाजिक ब्याक्तित्वहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण अर्जुन अधिकारिले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...