Skip to main content

साझा अक्षर

शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका फाइनल प्रवेश

 

मङ्गलबारे फागुन ७ ।।  शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका रोङ गाउँपालिकालाई पराजित गर्दै  दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सूर्योदय नगरपालिकाले रोङ गाउँपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। सूर्योदयको जितमा जर्सी नम्बर १० का शेखर राईले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्न सफल भए भने अर्को एक गोल सौरभ कार्कीको नाममा रह्यो

देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको नवौँ  मिनेटमा सौरभ कार्कीको गोलबाट सूर्योदय नगरपालिकाले  अग्रता बनाएको थियो। कर्नरबाट आएको बललाई कार्कीले वान टचमै जाली चुमाइदिएका थिए। त्यसैगरी पहिलो हाफको १७ औं  दोस्रो हाफको ४९औँ र ६४ औं  मिनेटमा गोल गर्दै सूर्योदय नगरपालिका जर्सी नम्बर १० का शेखर राईले ह्याट्रिक पूरा गरे।

पराजित रोङ गाउँपालिकाका लागि पहिलो हाफमा शिशिर राईले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्।  दोस्रो हाफको १२औं मिनेटमा क्याप्टेन पुजन राई गोल गर्नबाट चुके दोस्रो हाफको अन्त्यतिर जर्सी नम्बर ११ का सुयोग राई वन भर्सेस वानमा गोल गर्नबाट चुकेका थिए। उनले डिबक्समा पाएको बललाई प्रहार गर्न केही ढिला गर्दा डिफेन्डरले बल क्लियर गरिदिएका थिए। त्यसपछि केही अवसर पाएपनि गोल गर्न नसकेपछि पराजय भोग्दै रोङ गाउँपालिका प्रतियोगिताबाट बाहिरिएको छ।

खेलमा उत्कृष्ट प्रदर्शन सहित आफ्नो टोलीलाई फाइनल पुर्याउन  ह्याट्रिक पूरा गरेका सूर्योदय नगरपालिकाका जर्सी नम्बर १० का शेखर राई म्यान अफ द म्याच बन्न सफल भए। उनले नगद ३ हजार र ट्रफी प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत भोलि हुने दोस्रो सेमिफाइनल खेल इलाम नगरपालिका र फाकफोकथुम गाउँपालिका बीच हुनेछ।

देउमाई स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद दुई लाख ११ हजार  हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार  प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...