Skip to main content

साझा अक्षर

सात करोडमा बनेको भवन प्रयोगमा अझै आएन

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग विहीन भएको छ ।

रामग्राम नगरपालिका झरही खोला नजिकै रहेको हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताए ।

चितवनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ ।

भाडामा नदिँदा निर्माणाधीन भवन प्रयोग विहीन भएको उनको भनाइ छ । वर्षातका समयमा हाटबजार लगाउन आउने व्यापारीलाई वर्षात र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन निर्माण गरेको हो ।

विभागले सात करोड लागतमा एक सय बढी सटर निर्माण गरेको सव इन्जिनियर वीरेन्द्र मण्डलले बताए  । उनका अनुसार बलक, शौचालय, सेनेटरी र वाइरिङको काम गर्न बाँकी रहेकोले प्रयोग विहीनमा छ ।

विभागले निर्माण गरेको कोठा भाडामा दिनका लागि रामग्राम नगरपालिकाले चार पटक सूचना प्रकाश गरेपनि भाडामा लिने व्यक्ति अहिलेसम्म सम्पर्कमा नआएको नगर प्रमुख धनपति यादवले बताए ।खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टाइब्रेकरमा झिलझिलेलाई रोक्दै चारपाने फाइनलमा,

झापा असोज २२।। चारपाने युनाइटेड भेट्रान्स क्लब प्रथम सालबारी–मिलडाँडा नकआउट पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर...

भुपेनको ह्याट्रिकमा बिर्तामोड भेट्रान्स सेमीफाइनल प्रवेश

झापा । कप्तान भुपेन लिम्बुको उत्कृष्ट प्रदर्शनसँगै बिर्तामोड भेट्रान्स सालबारी मिलडाँडा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलम...

दोस्रो कन्काई मिनी गोल्डकप असोज २३देखि खेल तालिका सार्वजनिक

सुरुङ्गा, झापा । झापाको कन्काई नगरपालिका–सुरुङ्गामा दोस्रो कन्काई मिनी गोल्डकप २०८३ आयोजना हुने भएको छ। कन्काई स्पोर्टिङ क्लबको ...

बिर्तामोड युनाइटेडद्वारा खेलाडीलाई ट्र्याकसुट वितरण

बिर्तामोड ।। झापाको बिर्तामोडमा रहेको प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड क्लबले आफ्ना खेलाडीलाई ट्र्याकसुट वितरण गरेको छ। ख...