साझा अक्षर

भद्रपुर झापा गोल्डकपको उपाधि आयोजकको भद्रपुर ब्लेजर्सलाई

 

भद्रपुर, फागुन १६ । आयोजको टिम भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ ।
जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधि चुमेको हो ।
उपविजेतामा चित्त बुझाएको झापा ११ ले नगद ७ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।
रंगशालामा खचाखक दर्शकको उपस्थितिमा भद्रपुरले खेलको ३० औँ मिनेटमा अग्रता लियो । डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले बललाई जाली चुमाउँदै टिमलाई १–० ले अग्रता दिलाए ।

खेलको इन्ज्युरी समयमा भद्रपुरका सत्यम शर्माले गोल गर्दै टिमको जित निश्चित बनाए । अवयोमीको हेड बललाई २५ यार्डको दूरीबाट कडा प्रहार गरेर शर्माले जाली चुमाएका थिए ।
दुवै टिमलाई घरेलु दर्शकको समर्थन रहेको खेलको १४ औँ मिनेटमा भद्रपुरका विवेक पौडलको प्रहार क्रस बारबाट बाहिरियो । खेलको ४० औँ मिनेटमा भद्रपुरका कुलदिप कार्कीको लङ प्रहारमा विदेशी खेलाडी अवयोमीको हेडरलाई झापाका गोलकिपर सन्दिप लिम्बूले बचाए ।
खेलको ५२ औँ मिनेटमा अवयोमीको पासमा मिलन राईको कडा प्रहार गोलकिपर लिम्बूले नियन्त्रणमा लिए । खेलको १८ औँ मिनेटमा झापा ११ का रोहण कार्की चुके । खेलको २३ औँ मिनेटमा समिर तामाङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
खेलको ४३ औँ मिनेटमा समिर तामाङले खेललाई बराबरी ल्याउने अवसर गुमाए । बबिन बोहोराको क्रस पासमा तामाङको प्रहार क्रसबारको मध्यभाग लागेर फर्कियो । खेलको ७८ औँ मिनेटमा हरिबहादुर आले मगरले डिबक्सको लाइनबाट गरेको कडा प्रहार क्रसबारबाट बाहिरियो ।
फाइनल खेलको प्लेयर अफ म्याच भद्रपुरका विशाल दर्जी भए । उनले २१ हजार र ट्रफी पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्ट भद्रपुरका कप्तान आशिष चापागाईं भए । उनले नगद एक लाख पाँच हजार र ट्रफी पाए ।
उदयीमान खेलाडी भद्रपुरका राजेश शाह, उत्कृष्ट गोलकिपर भद्रपुरका टेकेन्द्र थापा, उच्च गोलकर्ता भद्रपुरका सत्यम शर्मा र बेस्ट कोच भद्रपुरका सचिन्द्र धिमाल भए । उनीहरुले जनही २५ हजार पुरस्कार र ट्रफी पाए ।
फाइनल खेलमा टिकट लिएका भाग्यशाली दर्शकहरूमा भोजपुरका दर्शक एन्जल चर्मकारले टिभिएस राइडर मोटरसाइकल पाए । सुनको सिक्री भद्रपुरका विक्रम बराल, ५० हजार नगद भद्रपुरका राजेशकुमार गुप्ताले पाए ।
विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली लगायत समितिका सदस्य, पुरस्कार दाता चण्डीराज ढकाल, हेमराज ढकाल, टिकाराज ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाm झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...