साझा अक्षर

फुटबलर एन्जिलाको जीवनमा आधारित नेपाली फिल्म ‘अन्जिला’ फागुन २९ देखि प्रदर्शन हुने

बिर्तामोड । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित चलचित्र अञ्जिला यही फागुन २९ देखि प्रदर्शनमा आउने भएको छ।

आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत फिल्मका निर्माता तथा निर्देशकले  अन्जिला फिल्म प्रदर्शनको बारेमा जानकारी दिएका हुन्

फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलताको कथा चलचित्रमा समेटीएको छ । तुम्बापोको बायोपिकको रुपमा निर्माण गरिएको चलचित्रमा स्वयम अञ्जिलानै मुख्य भुमिकामा देखिएकी छिन् ।

फिल्ममा एञ्जिला आफैँ प्रमुख भूमिकामा रहेकी तथा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका माता पिताको भूमिकामा रहेका छन् । चलचित्रमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेमकुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।

अञ्जिलाको कथामा पात्रको रुपमा अरु कोही कलाकारलाई किन नल्याउनु भएको भन्ने प्रश्नमा चलचित्रका निर्देशक मिलन चाम्सले फुटबल खेलाडीको कथावस्तु भएकाले वास्तविक पात्रले जस्तो अरुले चरित्र निर्वाह गर्न नसक्ने भएकाले अञ्जिलालाई नै खेलाएको जवाफ दिए ।

मान्छे मरेपछि विभिन्न उपमा दिएर चर्चा परिचर्चा गर्नुभन्दा उसको सफलताको चरणमा रहेकै बेला संघर्ष गाथालाई आमनागरिकमा पुर्याउने सोचले चलचित्र निर्माण गरिएको निर्देशक चाम्सले बताए ।

चलचित्रका निर्देशक चाम्सले एञ्जिलाको विगतका छायाँबाट भविष्यका लागि गरेको संघर्षसम्म रहेको बताउँदै एञ्जिलाको वास्तविक कथामा आधारित चलचित्र रहेको बताए । चाम्सले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने चलचित्रले सन्देश दिन खोजेको जिकिर गरे ।

निर्माता श्रेष्ठले केही समयमै काठमाडौँमा एञ्जिलाको घर निर्माण गरिदिने प्रतिबद्धता जनाए । फिल्म एकदमै मेहनत गरेर बनाइएको हुँदा पूर्वेली चेली एञ्जिलाबारे बुझ्न फिल्म हेर्नैपर्ने श्रेष्ठको भनाइ छ ।

चलचित्र नेपाल रिलिजअगावै युके, अमेरिका, अस्ट्रेलिया र जापानमा समेत रिलिज भइसकेको छ । ती स्थानहरुबाट सकरात्मक प्रतिक्रिया पाएको भन्दै निर्माण टिम नेपालमा समेत राम्रो व्यापार गर्नेमा विस्वस्त देखिएको छ । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको छ ।

चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...