साझा अक्षर

महिला गोल्डकप : आर्मी र एपीएफ दुवै टोलिको उपाधी जित्ने दाबी

 

इलाम  ।। दोस्रो अन्तरास्ट्रिय आमन्त्रित महिला गोल्डकप २०८१ अन्तर्गत उपाधी रक्षाका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल एपीएफ शनिबार इलामको ठूलो टँडिखेलमा आमनेसामने हुदैँछन । आर्मीले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पाहुना टोलि भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक ओएसिस क्लब इलामलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने एपीएफले पहिलो खेलमा पाहुना टोलि भारतको मध्य प्रदेशको चर्चित मदर टेरेसा फुटबल क्लबलाई फराकिलो गोलअन्तर र सेमिफाइनलमा विभागीय टोलि नेपाल पुलिसलाई पराजित गर्दै उपाधिका लागि आर्मी सँगको भेट पक्का गरेको हो ।

महिला फुटबलमा विभागीय टोलि एपीएफ पावर हाउसको रुपमा चिनिन्छ ।
प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टिम एपीएफ जसले सबैभन्दा धेरै लिग जितेको छ । (२०१७ देखि २०२४ सम्म ) लगातार चार जित सहित भर्खर सम्पन्न महिला लिगको च्याम्पियन बन्दै लिग समाप्त गरेको हो ।
एपीएफको पहिलो रोजाइमा राष्ट्रिय टिममा १०खेलाडी एक साथ खेल्दैछन । सेट टिमकै एन्जिला र साबित्रा नहुँदा पनि एपीएफको टिम राष्ट्रिय टिम जस्तै रहने छ । एपीएफको खेलाडीहरु अधिकांशले राष्ट्रिय टिमको पहिलो रोजाइमै खेल्दै आएका छन् ।

यता आर्मीले पनि राष्ट्रिय टिमको भरपर्दो खेलाडिहरु सहित नेपाली राष्ट्रिय टिमकी दोस्रो रोजाईको गोलरक्षक अञ्जना राना मगरलाई मैदान उतार्ने छ । चिर प्रतिद्वन्द्वी आर्मी र एपीएफ धेरै पटक आमनेसामने हुँदा आर्मी माथी सधै एपीएफ हावी भएको छ । भोलिको खेल दुवैलाई जित्नै पर्ने दबाब हुनेछ । अझ आर्मीको लागि खास हुनेछ , किनकी सधै आर्मी माथी हावी भएको एपीएफलाई इलामको मैदानमा हराउने रणनीतिमा हुने आर्मीका कोच कृष्ण सिंह टुङ्नाले आज भएको प्री म्याच कन्फ्रेन्समा बताए उनले सधैको चिरपरिचित प्रतिद्वन्द्वी भएकाले पनि खेल थाहा भएको र अझ इलामे खेलप्रेमी दर्शकको साथले थप उत्साह थपेको र आफुहरुले जित्ने दावी गरे ।

यता एपीएफका कोच जिवेश पाण्डेले पनि भोलिको खेल निक्कै रोचक हुने बताए । सधैकै चिनेको विपक्षी खेलाडिहरु भएकोले सहज हुने र इलामको मैदान पनि अब परिचित हुँदै गएकाले समस्या नभएको बताए । सहज तरिकाले खेल्ने हो नतिजा हाम्रै टिममा पार्ने गरेर खेल्ने पाण्डेले बताए ।
आर्मीकी कप्तान सुनिता चौधरीले दर्शकको साथ र हौसलाले गर्दा खेल्न सहज हुने बताइन भने एपीएफकि कप्तान अनिता केसिले इलामको जस्तो माया गर्ने दर्शक अन्त कतै नदेखेको बताइन ।

आर्मीले भोलिको खेलमा राष्ट्रिय टिमकी डिफेन्डर बिमला बिके , पूर्व राष्ट्रिय खेलाडी सर्मिला थापा , राष्ट्रिय टिमकी स्ट्राइकर विमला चौधरी , राष्ट्रिय टिमकी दोस्रो रोजाइकी गोलरक्षक अञ्जना राना मगर चन्द्रा भण्डारी , अञ्चली वाइबा हेमा चौधरी , सुनिता चौधरी लगायत प्लेइङ सेटमा मैदान उतार्ने छ भने एपीएफले प्रीती राई , निसा थोकर , अनिता केसि , अनिता बस्नेत , रश्मि कुमारी घिसिङ , गिता राना , सविता राना मगर , सावित्री किसन , रेनुका नगरकोटी ,सरु लिम्बू मनमाया दमाई लगायतका सिनियर महिला राष्ट्रिय टोलिका प्राय खेलाडी मैदान उतार्ने छ ।

गत फागुन १७ गतेबाट जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको आयोजना क्लब ओएसिस इलामले गरेको हो । उपाधी विजेता टोलिले नगद रु ४ लाख र उपविजेता टिमले नगद रु २ लाखमा चित्त बुझाउने छ । जारी खेलमा नेपालका ३ विभागीय टिम सहित आयोजक ओएसिस इलाम , पदमा स्पोर्टिङ क्लब ओखलढुंगा , बाग्मती स्पोर्टिङ क्लब सर्लाही र पाहुना टोलि छिमेकी देश भारतका २ टोलि मदर टेरेसा एफसी र मानेभञ्ज्याङ एफसीले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

test123123

छुटाउनुभयो कि ?

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123

test123123

test123123