Skip to main content

साझा अक्षर

आजको युग प्रविधिमा अगाडी लम्कदै, चिनले समेत सामाजिक सहायतामा एआई प्रयोग गर्ने.

कम्प्युटर विज्ञान अन्तर्गत पर्ने एक क्षेत्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेको मानिसको दिमागले जस्तै सोच्न सक्ने गरी तिब्र गतिमा बिकास हुदै गएको छ।अझ सजिलो संग बुझ्न यसको काम गर्ने तरिका बुझ्न जरूरी हुन्छ ।

यो सिस्टम आफैं चल्दैन, यसमा डेटा अर्थात् सूचना तथा तथ्याङ्क हाल्नुपर्छ, जसको एक खालको तथ्याङ्कको स्रोत हुन्छ । अनि एआई सिस्टमले त्यसलाई प्रशोधन गर्छ ।

सुरुमा तालिम दिएको तरिकाबाट मोडेल बनाउँछ र डेटाको हिसाबले परिणाम दिन्छ, अन्तरक्रिया गर्छ वा मानव दिमागको नक्कल गर्छ ।

यसमा काम गर्नको लागि मुख्य चार प्रक्रियाको आवश्यकता पर्छ, मसिन लर्निङ, न्युरल नेटवर्क, डेटा तथा डेटा प्रोसेसिङ र एल्गोरिदम ।

यसको प्रयोग मानिसले जिवनमा आइपर्ने धेरै समस्या समाधान गर्न गर्ने गरेको पाइन्छ। बिकसित देशहरूले स्वास्थ्य, शिक्षा लगाएतका क्षेत्रमा यसको प्रयोग बारे खोज गरिरहेको छ।

चीनमा समेत एआई र बिग डाटा वृद्धवृद्धाको हेरचाह र सामाजिक सहायतामा प्रयोग हुने भएको छ ।

घट्दै गरेको श्रमशक्तिको सामना गरिरहेको बेला चीनले नयाँ प्रविधिको व्यापक प्रयोग गर्ने तयारी गरेको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार नागरिक मामिला मन्त्री लु झियानले सामाजिक सहायता, वृद्धवृद्धाको हेरचाह सेवा र अशक्तहरूका लागि सेवाहरूको क्षेत्रमा बिग डाटा र एआईजस्ता प्रविधिको प्रयोगलाई तीव्रता दिने बताएका छन्।

सन् २०२४ मा चीनको जनसङ्ख्या लगातार तेस्रो वर्ष घटेको र त्यहाँ ६० वर्ष वा त्योभन्दा बढी उमेरका ३१ करोडभन्दा धेरै मानिस रहेका छन् ।

श्रमशक्ति खुम्चिँदै जाँदा भविष्यको आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोग महत्त्वपूर्ण समेत मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...