Skip to main content

साझा अक्षर

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

 

झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनमत निर्माण गर्ने लक्ष्यसहित चैत ११ गतेदेखि व्यापक कार्यक्रम अघि बढाइने एमालेले जनाएको छ।

एमालेले तीन महिनायता वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ। त्यसलाई थप प्रभावकारी बनाउँदै चैत ११ गते एकैदिन देशभरका सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरिएको छ। पार्टीले चैत ११ देखि ३० गतेसम्म विभिन्न चरणमा जनपरिचालन र जनजागरण अभियान सञ्चालन गर्ने योजना बनाएको छ।

चैत १८ गते देशका प्रमुख सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिनेछ। त्यस्तै, चैत २४ देखि ३० गतेसम्म यी सहरहरूमा विशेष प्रदर्शन र विशाल जनसभा गरिनेछ। प्रदेशस्तरका विशेष सभाहरूमा एमाले केन्द्रीय नेतृत्वबाट प्रमुख वक्ता खटाइनेछ भने जिल्लास्तरका कार्यक्रमहरूलाई स्थानीय नेताहरूले नेतृत्व गर्ने छन्।

पार्टी महासचिव शंकर पोखरेलले भर्चुअल बैठकमार्फत प्रदेश तथा जिल्ला कमिटीका अध्यक्षहरूलाई अभियानलाई प्रभावकारी बनाउने निर्देशन दिएका छन्। उनले गणतन्त्रविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूको कडा प्रतिरोध गर्न एमाले दृढ रहेको बताए।

एमालेको जनचेतना अभियान अन्तर्गतका मुख्य कार्यक्रमहरू:

  • 1. चैत ११ – देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम।
  • 2. चैत १८ – काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका जिल्लाहरूमा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा। अन्य जिल्लाहरूमा मोटरसाइकल र्‍याली।
  • 3. चैत 24–30 – धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभा। काठमाडौं उपत्यकाको सभा पछि घोषणा गरिने।

महासचिव पोखरेलले गणतन्त्र स्थापनापछि नेपालले आर्थिक र सामाजिक क्षेत्रमा पुर्‍याएका उपलब्धिहरूलाई तथ्यगत रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए। कुल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, गरिबी दर न्यूनीकरण, सडक सञ्जाल विस्तार, पिउने पानीको पहुँच, सञ्चार सुविधा, विद्युत उत्पादन वृद्धि, औसत आयु वृद्धिजस्ता सूचकहरूमा नेपालले ठोस प्रगति गरेको उनको दाबी छ।

एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने गतिविधिहरूको प्रतिरोध गर्दै देशभरका नागरिकलाई सचेत गराउने नीति लिएको छ। पार्टीले यो अभियानलाई आक्रामक रूपमा अघि बढाउने संकेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

Einzigartige Unterhaltung und großzügige Boni erwarten dich bei 88fortunesslots.de für dein Spielvergnügen

Indrukwekkende winmogelijkheden en https://royal-joker-slots.nl bieden een spannend casino avontuur

Detailed insights into LuckyHillscasino bonuses and gaming experiences await players

Oaseontdekkingen voor reizigers met winnerislandsnl.nl en lokale aanbevelingen

छुटाउनुभयो कि ?

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...

Einzigartige Unterhaltung und großzügige Boni erwarten dich bei 88fortunesslots.de für dein Spielvergnügen

Einzigartige Unterhaltung und großzügige Boni erwarten dich bei 88fortunesslots.de für dein SpielvergnügenDie Vielfalt der Spielau...

Indrukwekkende winmogelijkheden en https://royal-joker-slots.nl bieden een spannend casino avontuur

Indrukwekkende winmogelijkheden en https://royal-joker-slots.nl bieden een spannend casino avontuurDe Wereld van Online GokkastenS...