Skip to main content

साझा अक्षर

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

 

प्रतिष्ठानको प्रवक्तामा सदस्य निश्चल आचार्यलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष  सरोज आचार्य, प्रथम उपाध्यक्ष बोधराज पौडेल, द्वितीय उपाध्यक्ष मिलन दुलाल, महिला उपाध्यक्ष सरिता राना मगर, सचिव सुशील भट्टराई महिला सचिव शकुन्तला कार्की, सहसचिव डम्बरबहादुर घिमिरे, सहसचिव रवि किरण लिम्बु कोषाध्यक्ष टिकादेवी दाहाल, सह कोषाध्यक्ष तोयानाथ भट्टराई सर्वसहमत चयन भएका छन्।

यसैगरी सदस्यमा  राम नेपाली, शिव नेपाल, दुलहरी घतानी, भोलामान गुरुङ, गङ्गा गौतम, शान्ता तिम्सिना, तेजेन्द्र गन्धर्व, शिवराज भट्टराई सर्वसम्मत चयन भएका छन् ।

 

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष रोम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यता रहेको थियो।  उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगर। सांगठनिक विभाग प्रमुख सुबास के सी महासचिव शिव हमाल  लगायतले शुभकामना मन्तव्य सँगै आफ्ना चर्चित गीतहरू गाएर दर्शकहरूलाई नचाएका थिए।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य देवी दुलाल वर्तमान कार्यसमितिका केन्द्रीय  सदस्य रमेश आचार्य लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा  लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्षहरू जिल्लाबाट छनोट भएर आउनुभएका प्रतिनिधिहरू र बाक्लो सङ्ख्यामा गीतसगीत प्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा प्रतिष्ठान कोशी प्रदेशकी कोषाध्यक्ष टिकादेवी दाहालले स्वागत गरेकि थिइन् कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोशी प्रदेश सचिव सुशील भट्टराईले  गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...