Skip to main content

साझा अक्षर

नयाँ वर्षको अवसरमा पोखरी युथ क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको तयारी पुरा

 

एकतप्पा चैत्र २२ ।।  नयाँ वर्ष २०८२ को पावन अवसरमा पोखरी युथ क्लब फाकफोकथुम ६ इलाम को आयोजनामा संचालन हुने दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ।

भोलि चैत २३ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता जानकी माध्यमिक विद्यालयको खेलमैदानमा हुने र प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष टंक गुरुङ ( सुबास )ले जानकारी दिए ।

फुटबल खेलको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पाँचथर इलामका गरी उत्कृष्ट १६ टिमहरूको सहभागिता रहेको छ।

भोलि हुने उद्घाटन खेलमा पहिलो खेल मनकामना एफसी र जिआर भन्ज्याङ बीच हुनेछ । उद्घाटनको दोस्रो खेल आमचोक बजार इलाम र ब्राइट स्टार फाक्तेप पाँचथरबीच हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

दश दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार एक सय ५१ रुपैयाँ र उपविजेताले ३१ हजार एक सय ३१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ट्रफी दिइनेछ । त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने समितिका कोषाध्यक्ष निग्मा तामाङले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण पोखरी युथ क्लबको आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...