साझा अक्षर

एकतप्पाको पोखरीमा फुटबल प्रतियोगिता सुरु: उद्घाटन खेलमा मनोकामना एफसी र ब्राइट स्टार एफसीको विजयी सुरुवात

 

एकतप्पा चैत्र २३ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मनोकामना एफसी एकतप्पा र ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेका छन्।

जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा जे आर भन्ज्याङलाई ५-० गोल अन्तरले पराजित गर्दै मनोकामना एफसीले विजयी सुरुवात गरेको हो। खेलमा जे आर भन्ज्याङलाई  निक्कै दबाबमा राख्दै लगातार गोल  गरेर दोस्रो चरणमा मनोकामना एफ सिले आफूलाई   सुरक्षित गरेको छ।

त्यस्तै आज भएको दोस्रो खेलमा आमचोक बजार इलामलाई २-१ गोल अन्तरले पराजित गर्दै ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेको छ।

पहिलो हाफको तेइसौँ मिनेटमा उत्कृष्ट गोल गर्दै ब्राइटस्टार एफसी पाँचथरले खेलमा अग्रता लिएको थियो। तर दोस्रो हाफमा आमचोक बजार एफसीका जर्सी नम्बर ११ का लिसन मगरले उत्कृष्ट  गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्‍याए। दोस्रो हाफको अन्तिम समयमा आमचोक बजार एफसीका खेलाडीले डिबक्समा ह्यान्ड बल गरेपछि ब्राइटस्टार एफसी पाँचथरले पेनाल्टीको अवसर प्राप्त गर्यो सो अवसरलाई कुनै गल्ती नगरी जर्सी नम्बर २२ का हिमाल लिम्बूले सुन्दर गोल गरेसँगै ब्राइट स्टार एफसी पाँचथरले खेलमा दुई एकको अग्रता बनाएको थियो। त्यसपछि निर्धारित समयमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि आमचोक बजार एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै पाँचथरको  ब्राइट स्टार एफसी दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ।

उद्घाटन कार्यक्रम पोखरी युथ क्लबका अध्यक्ष टङ्क गुरुङ (सुवासको )अध्यक्षता तथा फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष खनालले पोखरी युथ क्लबले आयोजना गर्ने प्रतियोगितामा आगामी दिनहरूमा गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने समेत बताउनुभएको छ। स्थानीय स्तरमा रहेका खेलाडी लाई प्रोत्साहन गर्न र पोखरी युथ क्लबले स्थानीय स्तरमा गरेको खेल विकासको अध्यक्ष खनालले प्रशंसा गर्दै आगामी दिनहरूमा जस्तोसुकै सहयोग गर्न पनि आफू तयार रहेको बताउनुभएको छ। कार्यक्रममा टेकनाथ खनाल, राजकुमार श्रेष्ठ, डिकबहादुर थापाको विशिष्ट अतिथ्यता रहेको थियो भने डिगबहादुर बराइली ,ओमप्रसाद खनाल, नवीन श्रेष्ठ ,सोमनाथ चम्लागाईं र गीता खनालको आतिथ्यता रहेको थियो।

प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेल फलाटे एफसी र फुङ्बा एफसी बीच हुनेछ । दोस्रो खेलमा टिवाईसी मंगलबारे र कोल्बोटे एफसी बीच प्रतिस्पर्धा हुने टेक्निकल व्यवस्थापक नवीन अधिकारीले जानकारी दिएका छन्

दश दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार एक सय ५१ रुपैयाँ र उपविजेताले ३१ हजार एक सय ३१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ट्रफी दिइनेछ । त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने समितिका कोषाध्यक्ष निग्मा तामाङले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण पोखरी युथ क्लबको आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...