Skip to main content

साझा अक्षर

एकतप्पाको पोखरीमा फुटबल प्रतियोगिता सुरु: उद्घाटन खेलमा मनोकामना एफसी र ब्राइट स्टार एफसीको विजयी सुरुवात

 

एकतप्पा चैत्र २३ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मनोकामना एफसी एकतप्पा र ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेका छन्।

जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा जे आर भन्ज्याङलाई ५-० गोल अन्तरले पराजित गर्दै मनोकामना एफसीले विजयी सुरुवात गरेको हो। खेलमा जे आर भन्ज्याङलाई  निक्कै दबाबमा राख्दै लगातार गोल  गरेर दोस्रो चरणमा मनोकामना एफ सिले आफूलाई   सुरक्षित गरेको छ।

त्यस्तै आज भएको दोस्रो खेलमा आमचोक बजार इलामलाई २-१ गोल अन्तरले पराजित गर्दै ब्राइट स्टार एफसी पाँचथरले विजयी सुरुवात गरेको छ।

पहिलो हाफको तेइसौँ मिनेटमा उत्कृष्ट गोल गर्दै ब्राइटस्टार एफसी पाँचथरले खेलमा अग्रता लिएको थियो। तर दोस्रो हाफमा आमचोक बजार एफसीका जर्सी नम्बर ११ का लिसन मगरले उत्कृष्ट  गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्‍याए। दोस्रो हाफको अन्तिम समयमा आमचोक बजार एफसीका खेलाडीले डिबक्समा ह्यान्ड बल गरेपछि ब्राइटस्टार एफसी पाँचथरले पेनाल्टीको अवसर प्राप्त गर्यो सो अवसरलाई कुनै गल्ती नगरी जर्सी नम्बर २२ का हिमाल लिम्बूले सुन्दर गोल गरेसँगै ब्राइट स्टार एफसी पाँचथरले खेलमा दुई एकको अग्रता बनाएको थियो। त्यसपछि निर्धारित समयमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि आमचोक बजार एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै पाँचथरको  ब्राइट स्टार एफसी दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ।

उद्घाटन कार्यक्रम पोखरी युथ क्लबका अध्यक्ष टङ्क गुरुङ (सुवासको )अध्यक्षता तथा फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष खनालले पोखरी युथ क्लबले आयोजना गर्ने प्रतियोगितामा आगामी दिनहरूमा गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने समेत बताउनुभएको छ। स्थानीय स्तरमा रहेका खेलाडी लाई प्रोत्साहन गर्न र पोखरी युथ क्लबले स्थानीय स्तरमा गरेको खेल विकासको अध्यक्ष खनालले प्रशंसा गर्दै आगामी दिनहरूमा जस्तोसुकै सहयोग गर्न पनि आफू तयार रहेको बताउनुभएको छ। कार्यक्रममा टेकनाथ खनाल, राजकुमार श्रेष्ठ, डिकबहादुर थापाको विशिष्ट अतिथ्यता रहेको थियो भने डिगबहादुर बराइली ,ओमप्रसाद खनाल, नवीन श्रेष्ठ ,सोमनाथ चम्लागाईं र गीता खनालको आतिथ्यता रहेको थियो।

प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेल फलाटे एफसी र फुङ्बा एफसी बीच हुनेछ । दोस्रो खेलमा टिवाईसी मंगलबारे र कोल्बोटे एफसी बीच प्रतिस्पर्धा हुने टेक्निकल व्यवस्थापक नवीन अधिकारीले जानकारी दिएका छन्

दश दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार एक सय ५१ रुपैयाँ र उपविजेताले ३१ हजार एक सय ३१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ट्रफी दिइनेछ । त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने समितिका कोषाध्यक्ष निग्मा तामाङले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण पोखरी युथ क्लबको आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...