Skip to main content

साझा अक्षर

प्रथम वडा स्तरीय क्रिकेटमा आज अर्जुनधारा ८ सेमिफाइनल प्रवेश

अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ८ जारी प्रथम वडास्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आज भएको अन्तिम क्वाटरफाइनल खेलमा अर्जुनधारा वडा नम्बर ९ लाई ८ विकेटले पराजित गर्दै वडा नम्बर ८ले सेमीफाइनलमा स्थान बनाएको हो।

अर्जुनधारा-७ स्थित अर्जुनधारा रङ्गशालामा भएको खेलमा वडा नम्बर ८ले टस हारेर पहिले फिल्डिङ गरेको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको ९ नम्बर वडा १५ ओभरमा सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटियो।

वडा नम्बर ९ लाई सस्तैमा समेट्न वडा नम्बर ८ का बलर भुवन सन्जेलले तीन ओभरमा ३ विकेट लिएका थिए। उनले जम्मा १३ रन खर्चिएका थिए।

५६ रनको लक्ष्य पाएको वडा नम्बर ८ ले आठ ओभरमै लक्ष्य प्राप्ति गर्यो। वडा नम्बर ८ का लागि चन्द्र भट्टराईले सर्वाधिक ९ बलमा २३ रन प्रहार गर्दै अभिजित रहे। खेलमा वडा नम्बर ९ ले दुई विकेट प्राप्त गर्यो ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ८ का भुवन सन्जेल खेलको प्लेयर अफ दि म्याच चुनिए । उनले नगद रु. १ हजार पुरस्कार पाए। उनलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा ८ का वडाअध्यक्ष कुमार उप्रेती लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा भोलि दुईवटा सेमिफाइनल खेल हुनेछ। सेमिफाइनलको पहिलो खेलमा वडा नम्बर २ र वडा नम्बर ८ बीच प्रतिस्पर्धा हुने अर्जुनधारानगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिंगदेनले जानकारी दिए । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ४ र वडा नम्बर ७ बीच प्रतिस्पर्धा हुने उनले बताए ।

प्रतियोगिताको फाइनल खेल चैत्र २५ गते हुनेछ। फाइनल खेलको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए । प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले आकर्षक बाइसाइकल प्राप्त गर्नेछन्। त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दि म्याचले १ हजार र उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्टर, बेस्टर क्याचर बन्ने खेलाडीले जनही ३३ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...