Skip to main content

साझा अक्षर

अर्जुनधारा वडास्तरीय टि-­टवेन्टी क्रिकेट प्रतियोगिता फाइनलमा वार्ड नं ४ र ८ भिड्ने

 

अर्जुनधारा। झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि-­टवेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अर्जुनधारा ४ र अर्जुनधारा ८ भिड्ने भएका छन्।

आज दुवै सेमिफाइनल खेल सम्पन्न भएसंगै अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधिका लागि ४ नम्बर वडा र ८ नम्बर वडाको टिम भिड्ने पक्का भएको हो।

आज भएको पहिलो सेमिफाइनल खेलबाट वडा नम्बर २ लाई ५६ रनले पराजित गर्दै वडा नम्बर ८ फाइनलमा प्रवेश गरेको हो। टस जितेर वडा नम्बर २ ले बलिङ रोजेपछि खेलको पहिलो इन्निङमा वडा नम्बर ८ले ब्याटिङ गरेको थियो। २० ओभरको खेलमा वडा नम्बर ८ले पाँच विकेट गुमाएर १५६ रन बनायो । वडा नम्बर ८ का लागि बादल कुँवरले ३९ बलमा ४३ रन प्रहार गरे । त्यस्तै टिमका पहिलो रोजाईका खेलाडी भुवन सन्जेलले ३२ बलमा ४० रन प्रहार गरे । बलिङतर्फ वडा नम्बर २ का रिहान श्रेष्ठले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिएका थिए।

१५७ रनको लक्ष्य पछाएको वडा नम्बर २ ले ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गर्न सकेन। उसले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर ९९ रन मात्रै जोड्न सक्यो। ब्याटिङमा जम्न नसक्दा उपाधि दावेदार मानिएको दुई नम्बर वडाको टिम सेमिफाइनलबाटै बाहिरिन पुग्यो ।

पहिलो खेलको म्यान अफ दि म्याच वडा नम्बर ८ का भुवन सन्जेल चुनिए । उनले टिमका लागि ब्याटिङतर्फ ३२ बलमा ४० रन जोडेका थिए भने बलिङतर्फ चार ओभरमा १३ रन खर्चेर १ विकेट लिएका थिए।

अर्जुनधारा ७ स्थित अर्जुनधारा रङ्गशालामा आजै भएको दोस्रो सेमीफाइनल खेलमा वडा नम्बर ७ लाई ५५ रनले पराजित गर्दै वडा नम्बर ४ फाइनलमा प्रवेश गरेको हो। टस जितेर पहिलो ब्याटिङ रोजेको वडा नम्बर ४ ले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो।

४ नम्बर वडाका लागि तुुसार मगरले सर्वाधिक ३५ बलमा ५२ रन प्रहार गरे । पहिलो इन्निङमा बलिङको निम्तो पाएको वडा नम्बर ७ का प्रखर कटवालले चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिए ।

१२८ रनको लक्ष्य पछाएर जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ७ ले १३ ओभर ३ बलमा सबै विकेट गुमाएर ७३ रन मात्रै बनाउन सक्यो। बलिङतर्फ ४ नम्बर वडाका तुषार मगरले चार विकेट लिएका थिए भने रुसिल रिमालले तीन विकेट लिए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ४ का तुसार मगर म्यान अफ दि म्याद चुनिए । उनले टिमका लागि चार ओभरमा ११ रन खर्चेर चार विकेट लिएका थिए।

दुवै खेलमा म्यान अफ दि म्याच चुनिएका खेलाडीलाई अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायतले पुरस्कार प्रदान गरेका थिए। उनीहरूले मेडलसहित नगद १ हजार हात पारे।

प्रतियोगिताको फाइनल खेल भोलि ११ बजे अर्जुनधारा रङ्गशालामा सुरु हुनेछ। प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पुरस्कार पाउनेछ।

प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले आकर्षक बाइसाइकल प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्टर, बेस्टर क्याचर बन्ने खेलाडीले जनही ३ ⁄ ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...