साझा अक्षर

लामो समय स्मार्टफोन चलाउदा हुन सक्छ यि समस्या….

काठमाडौं।। आजको समय बिज्ञान र प्रविधिको हो। समय अनुसार ठुला साना बिभिन्न सामग्री हरूको बिकास भईरहेको छ।

समय अनुसार सोहि सामग्रीहरूको प्रयोग गरि आफ्नो दैनिकी चलाइरहेको पाइन्छ जस्ले गर्दा हरेक काम सहजै सम्पन्न भएको पनी पाइन्छ। यसै समयमा बिकास भएको एक यन्त्र हो स्मार्ट फोन।पछिल्लो समय स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग नै बनिसकेको छ ।

बालबालिकादेखि वृद्धसम्म सबैजना स्मार्टफोन चलाउँछन् । भर्खरै गरिएको एक अनुसन्धानका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने देखिएको छ ।

अहिले स्मार्टफोनले हाम्रो जीवनलाई निकै सहज बनाइदिएको छ । स्मार्टफोनको प्रयोग गरी घरमै बसेर संसारको जुनसुकै ठाउँमा कुरा गर्नेदेखि पैसाको कारोबार र अध्ययन अनुसन्धान तथा टेलिभिजन र चलचित्र हेर्नसमेत मिल्छ ।

अमेरिकाको कोलम्बिया युनिभर्सिटीमा हालै गरिएको एक अनुसन्धानका अनुसार स्मार्टफोन र सामाजिक सञ्जालको अत्याधिक प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ । यसले भावनात्मक र मनोवैज्ञानिक समस्याहरू निम्त्याउन सक्छ ।

सामाजिक सञ्जाल प्लेटफर्महरूमा निरन्तर अपडेटहरूका कारण ‘फियर अफ मिसिङ आउट’ समस्या बढ्दै गएको अनुसन्धानले देखाएको छ । यसअनुसार स्मार्टफोन प्रयोगकर्ताहरु महत्वपूर्ण अपडेटको जानकारी पाउनका लागि आफ्नो फोन बारम्बार चलाउँछन् ।

यसले निद्रासम्बन्धी समस्या आउन सक्ने अनुसन्धानले देखाएको छ । स्मार्टफोनको स्क्रिनबाट निस्कने नीलो प्रकाशले मेलाटोनिनको उत्पादनलाई रोक्ने र फलस्वरुप निद्रा चक्रमा बाधा पुर्‍याउने बताइएको छ ।

स्मार्टफोनको बढी प्रयोगले निद्राको गुणस्तर बिग्रिनुका साथै मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्ने अनुसन्धानमा उल्लेख छ ।

विज्ञहरूले सुत्नुअघि स्मार्टफोन चेक गर्ने बानी खराब रहेको भन्दै सुत्नुभन्दा करिब १ देखि २ घन्टाअघि स्मार्टफोन प्रयोग गर्न छोड्नुपर्ने बताउँछन् ।

त्यसैगरी, सामाजिक सञ्जालमा धेरै समय बिताएउने मानिसहरूले आफूलाई एकअर्कासँग तुलना गर्न रुचाउँछन् । यसले मानसिक स्वास्थ्यमा समस्या निम्त्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड भेट्रान्स फुटबल, आयोजक निलो र दमक सेमिफाइनलमा प्रवेश

  बिर्तामोड वैशाख २२ ।। झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता जित निकाल्दै आयोजक बिर्तामोड भे...
बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता स्काई धरान र मेची भेट्रान्स अघिल्लो चरण प्रवेश

बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता स्काई धरान र मेची भेट्रान्स अघिल्लो चरण प्रवेश

  बिर्तामोड वैशाख २१ ।। झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड  भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्...
बिर्तामोडमा भेट्रान्स फुटबल  सुरु, उद्घाटन खेलमा आयोजक ‘निलो’ विजयी

बिर्तामोडमा भेट्रान्स फुटबल सुरु, उद्घाटन खेलमा आयोजक ‘निलो’ विजयी

   बिर्तामोड वैशाख २० ।।  झापाको बिर्तामोडमा आजबाट चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ। बिर्तामोड  भ...
धाइजन–चारआली महिला च्यालेन्ज कप आयोजना हुने, खेल तालिका सार्वजनिक

धाइजन–चारआली महिला च्यालेन्ज कप आयोजना हुने, खेल तालिका सार्वजनिक

  बिर्तामोड बैशाख २० ।। झापाको धाइजनमा धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ आयोजना हुने भएको छ । धाइजन चाराली फुटबल क्ल...