साझा अक्षर

सडन डेथमा किरात युवा क्लबलाई पराजित गर्दै आयोजक जुनेली सेमिफाइनलमा ।

 

बुद्धशान्ति चैत्र २९  सडन डेथमा किरात युवा क्लब लाई पराजित गर्दै आयोजक जुनेली युथ क्लब झापा बुद्धशान्ति ४ जुनेली बस्तिमा जारी प्रथम साबिक शान्तिनगर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।बिहिवारको उद्घाटन खेलमा सडन डेथमा किरात युवा क्लबलाई पराजित गर्दै आयोजक जुनेलिले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेलेपछी खेलको निर्णयको लागि टाईब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि दुबै टिमले समान ३/३ गोल गरेका थिए । आयोजक जुनेलिका लागि कप्तान प्रशान्त राई, सन्दीप घिसिङ र गगन मगरको प्रहारले जाली चुमेको थियो भने मनिस लिम्बू र रोनिसको प्रहार बिफल भयो । यता किरातको लागि समीर लिम्बू, रबिन राई र पर्बत श्रेष्ठ गोल गर्न सफल हुँदा अमित र सोलन लिम्बुको प्रहार खेर गयो । त्यसपछि खेलको निर्णयका लागि सडन डेथमा किरातका आयुष राईको प्रहार गोलरक्षक राहुल लिम्बुले बचाए भने कुशल लिम्बुको प्रहार सिदै गोलमा परिणत हुँदै आयोजकले सेमिफाइनलमा स्थान बनाएको हो । बिजेता टिमका गोल रक्षक राहुल लिम्बू म्यान अफ द म्याचको पुरस्कार बाट सम्मानित भए ।

आजको दोस्रो खेल ब्रोदर एफ सि बुद्धशान्तिले सृजनसिल युवा समाज सङ्ग खेल्नेछ । भोलि शनिबार आइतबारे युथ क्लबले ओल्ड मक्स बुद्धशान्ति ५ र अन्तिम क्वाटर फाइनलमा मङ्गलबारे युनाईटेडले एस वाई सि धारागोला बुद्धशान्ति ७ सङ्ग भिडने आयोजक समितिका अध्यक्ष विशाल सुनुवारले जानकारी दिनुभयो ।
युवालाई खेल प्रती आकर्षक र प्रोत्साहन गर्न आयोजना गरिएको प्रतियोगिताको बिजेताले नगद २० हजार रुपैयाँ , ट्रफी , मेडल , प्रमाणपत्र र उपबिजेताले नगद १२ हजार रुपैयाँमा चित्त बुझाउने समिती सचिव आषिस लिम्बुले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...