Skip to main content

साझा अक्षर

हार्भर्डलाई विदेशी विद्यार्थी भर्नागर्न प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको धम्की

काठमाडौं।। अमेरिकी सरकारले हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नागर्न प्रतिबन्ध लगाउने धम्की दिएको छ । यसअघि ह्वाइट हाउसका मागहरू पूरा गर्न अस्वीकार गरेको भन्दै ट्रम्प प्रशासनले विश्वविद्यालयका लागि सङ्घीय सरकारले दिने २ अर्ब डलरभन्दा बढी रकम रोक्का गरेकोमा अहिले फेरि धम्की दिएको बीबीसीले जनाएको छ ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विश्वविद्यालयले राष्ट्रिय सुरक्षालाई खतरामा पारेको र यहूदी विरोधी भावनाको शिकार भएको आरोप लगाउनुभएको छ । गएको हप्ता ह्वाइट हाउसले यहुदीविरोधी भावना नियन्त्रण गर्नका लागि भन्दै हार्भर्डलाई मागहरूको सूची पठाएको थियो ।

ट्रम्प प्रशासनले विश्वविद्यालयको सञ्चालन, कर्मचारी नियुक्तिको अभ्यास र भर्ना प्रक्रियामा परिवर्तन गर्न भनेको थियो । तर हार्भर्डले ती मागहरू मान्न अस्वीकार गर्दै ह्वाइट हाउसले आफूमाथि अङ्कुश लगाउन खोजेको बताएको थियो । हार्भर्डले यहुदीविरोधी भावनालाई नियन्त्रण गर्न धेरै कदम चालेको र ट्रम्प प्रशासनको अहिलेको मागहरू विश्वविद्यालयको बौद्धिक अवस्थालाई नियमन गर्ने प्रयास भएको भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...