साझा अक्षर

इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा

 

इलाम ।।  इलामलाई कुनै बेला संगितको राजधानी मानिने गरिन्थ्यो । इलामले थुप्रै पुराना श्रष्टा कलाकारहरु जन्माई सकेको छ भने धेरै नयाँ अनुहारहरु पनि अहिले सांगितिक क्षेत्रमा उदाइरहेका छन । अहिले नेपाली रियालीटी सो The voice of nepal सिजन ६ चल्दैछ । त्यही the voice मा इलामे गायक प्रमेश राईको चर्चा सुरुबाट नै निकै नै छ ।उनै प्रमेश अहिले टिम राजुबाट अन्तिम प्रतिस्पर्धीको रुपमा फाइनल राउन्डमा सुरक्षित भैसकेका छन । इलाम रोङ गाउँपालिका वडा ६ सन सिटि भिलेज सलकपुरका प्रमेश सामान्य परिवारमा हुर्किएका हुन । पुर्ण बहादुर राई र रेनुका तामाङको कोखबाट २०६० सालमा जन्मिएका प्रमेशलाई आफ्ना आमाबुवाले खेती किसान गरेर हुर्काए ।

हिमालयन टेलिभिजनमा प्रत्येक शुक्रबार र शनिबार साझ ८ बजेबाट दिने रियालीटी सो मा ४ कोचहरु मध्ये कोच राजुको टिमबाट तथा हजारौ प्रतिस्पर्धीहरुलाई पछि पार्दै डिजिटल राउन्ड , ब्लाइन्ड राउन्ड , लाइभ राउन्ड हुँदै फाइनल राउन्डमा पुगेका छन प्रमेश । उनी २०७५ सालबाट औपचारिक संगित शिक्षा सिक्न थालेका हुन । झापा बिर्तामोडमा रहेको सरगम संगितालयमा दिपक रायमाझी सँग संगित सिकेका राइले अहिले काठमाडौ स्थित पुरानो बानेश्वरमा रहेको धुन कला केन्द्रमा कैलाश राई सँग संगित सिक्दै गरेको प्रमेशले बताए । हाल संगितकै विषयमा व्याचलर गर्दओ गरेका प्रमेशले आफ्नो जिल्लावाशीहरुलाई भोट दिएर The voice को उपाधी जिताउन आग्रह समेत गरेका छन ।

प्रमेशकै स्थानीय तह रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले प्रमेश देशकै उत्कृष्ट प्रतिभा रहेको भन्दै उनैले यो प्रतियोगिता जित्ने विश्वास व्यक्त गरे । उनले प्रमेशलाई भोट दिएर जिताउन पनि सबैमा आग्रह गरे ।
गत सिजनको उपाधी पनि इलामकै विनोद राईले जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...