साझा अक्षर

स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु: उद्घाटन खेलमा आयोजक विजयी

 

बिर्तामोड वैशाख ८।।   स्यालडाँगी युवा परिवार बिर्तामोड ६ झापाद्वारा आयोजित पहिलो संस्करणको स्यालडाँगी नकआउट फुटबल कप  झापाको बिर्तामोडमा आजबाट सुरु भएको छ।

स्यालडाँगी युवा परिवारको  खेलमैदानमा आज भएको उद्घाटन खेलमा सृजनशील युवा समूह बुद्धशान्ति  झापालाई पराजित गर्दै  आयोजक स्यालडाँगी युवा परिवार  सेमीफाइनलमा प्रवेश गरेको हो।

खेलमा सृजनशील युवा समूह बुद्धशान्ति झापालाई ४ – ० गोल अन्तरले पराजित गर्दै  आयोजकले विजयी सुरुवात गरेको हो।

खेलको पहिलो हाफमा १ – ० गोलको अग्रता बनाएको आयोजकले दोस्रो हाफमा सृजनशीललाई पूर्ण दबाबमा राख्दै लगातार तीन गोल थप्न सफल भयो। पराजित सृजनशील युवा समाज भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट नै घर फर्किएको छ।

 

आजको खेलको प्लेयर अफ दि म्याच आयोजक टिमका जर्सी नम्बर ७ का दिपेश राई बन्दै नगद १००० प्राप्त गरे। उनलाई स्वतन्त्र यातायात व्यवसायी कोशी प्रदेशका उपाध्यक्ष केदर रायमाझिले पुरस्कार प्रदान गरे।

प्रतियोगिताको उद्घाटन कार्यक्रम  स्यालडाँगी युवा परिवारका अध्यक्ष विजय तामाङको  अध्यक्षता तथा  बिर्तामोड नगरपालिका वडा नं ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङबाको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै वार्डअध्यक्ष कन्दङवाले  स्यालडागी युवा परिवारले आयोजना गरेको प्रतियोगिता युवाहरूलाई खेलप्रति आकर्षित गर्ने र स्थानीय स्तरमा रहेका खेलाडीहरूलाई उजागर गर्ने माध्यम बनेको बताउँदै आफूले गर्न सक्ने सबै खाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा समाजसेवी एडविन्द्र खत्री नेपाल स्वतन्त्र यातायात व्यवसायी कोशी प्रदेश उपाध्यक्ष केदार रायमाझी बिर्तामोड नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधिहरू स्थानीय समाजसेवी बुद्धिजीवी लगायतको आतिथ्यता रहेको थियो। एडविन्द्र खत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन दीपक रायमाझीले गरेका थिए।

प्रतियोगिता अन्तर्गत भोलि एक खेल रहनेछ  भोलिको खेल सैनिक एफसी झापा र धाइजन चाराली फुटबल क्लब बीच रहने  अध्यक्ष विजय तामाङले जानकारी दिए।

आठ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल वैशाख १५ गते हुनेछ। प्रतियोगिताको विजेताले ३० हजार  रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन

त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने  अध्यक्ष तामाङले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण sportnepal को आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...
रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन मन्त्रालयको अनुरोध

रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन मन्त्रालयको अनुरोध

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप...
याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम ll चैत्र २८।। पाँचथरको याङनाममा जारी याङनाम गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा जित निकाल्दै झापाको सैनिक ११ फुटबल क्लब...