Skip to main content

साझा अक्षर

स्यालडाँगी नकआउट फुटबल कप : सैनिक ११ सेमीफाइनल प्रवेश

 

बिर्तामोड वैशाख ०९ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी  पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगितामा सैनिक ११  फुट्बल क्ल्ब  सेमिफाईनलमा प्रवेस गरेको छ ।

आज मङ्गलबार भएको दोस्रो क्वाटर्र फाईनल खेलमा धाइजन चाराली फुटबल क्ल्बलाई ४/० गोलअन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लब सेमिफाईनलमा प्रवेस गरेको हो ।

पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए। पाएका केही अवसरहरूलाई गोल्पोस्टको दिशा दिन नसक्दा पहिलो हाफ दुवै टोलीका लागि गोलरहित बराबरी रह्यो।

दोस्रो हाफमा धाइजन चाराली क्लबमाथि पूर्ण दबाब राख्दै सैनिक ११ फुटबल क्लबले अभिषेक गुरुङको उत्कृष्ट गोलसँगै खेलमा अग्रता बनायो। पहिलो गोल गरेको एक मिनेट समय नबित्दै सैनिक ११ का साइमन लिम्बुले दोस्रो गोल गरे उसको यात्रा त्यतिमै रोकिएन उत्कृष्ट खेल खेल्दै बल पोजिसन आफ्नो पक्षमा राख्दै सैनिक युथ क्लबकालागि दोस्रो हाफको २०औं मिनेटमा घनश्याम कार्कीले तेस्रो गोल गरे । दोस्रो हाफको २५ औँ मिनेटमा नै उनले टोलीका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई जित तर्फ डोर्याए । पराजित धाइजन चाराली फुटबल क्लब भने दोस्रो हाफमा पाएका केही अवसरहरूलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट नै घर फर्किएको छ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका सैनिक ११ फुटबल क्लबका अभिषेक गुरुङ म्यान अफ द म्याच बने उन्लाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेची अञ्चल पूर्व उपाध्यक्ष एनविन्द्र खत्रीले नगद रु. १००० प्रदान गरे।

प्रतियोगिता अन्तर्गत भोलि  तेस्रो क्वार्टर फाइनल खेल लक्ष्मीधाप स्पोर्टङ क्लब अर्जुनधारा र कुवापानी एफसी इलाम बीच हुने आयोजक समितिका अध्यक्ष विजय तामाङले जानकारी दिए।

आठ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल वैशाख १५ गते हुनेछ। प्रतियोगिताको विजेताले ३० हजार  रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन

त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने  अध्यक्ष तामाङले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण sportnepal को आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...