साझा अक्षर

प्रथम स्यालडाँगी नकआउट फुटबल कप : पाहुना टोली कुवापानी एफसी सेमिफाइनल प्रवेश

 

बिर्तामोड वैशाख १० ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी  पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगितामा उत्कृष्ट जितका साथ  पाहुना टोली कुवापानी एफसी इलाम  सेमिफाईनलमा प्रवेस गरेको छ ।

आज बुधबार भएको खेलमा लक्ष्मीधाप स्पोर्टिङ क्लब अर्जुनधारालाई २/० गोलअन्तरले पराजित गर्दै  कुवापानी एफसी इलाम सेमिफाईनलमा प्रवेस गरेको हो ।

पहिलो हाफको  २० औँ मिनेटमा कुवापानी एफसीका जर्सी नम्बर ९ का निशान राईले एकल प्रयासमा मैदानको दायाँ भागबाट बल अघि बढाउँदै डिबक्स नजिकैबाट गरेको प्रहारले जाली चुमें सगै कुवापानी एफसीले खेलमा अग्रता बनाएको हो।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै बल पोजिसनमा पकड जमाएको कुवापानी एफसीका लागि जर्सी नम्बर १४ विप्लव श्रेष्ठले दुई डिफेन्डर र गोलकिपरलाई बिट गर्दै खाली पोस्टमा  गोल गरे।

पराजित लक्ष्मीधाम स्पोर्टिङ्ग क्लब अर्जुनधारा ले भने खेल अवधिभर खासै उत्कृष्ट मौका सिर्जना गर्न सकेन। पहिलो हाफमा पाएको एउटा अवसरलाई नुफुङ लिम्बुले सदुपयोग गर्न सकेनन् उनको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो। दोस्रो हाफमा अनिस मेचे वान भर्सेस वानमा चुक्ता लक्ष्मीधाप खेलमा फर्कन सकेन त्यसपछि पनि पाएका केही अवसरहरूमा गोल गर्न नसक्दा पहिलो खेलमानै  पराजय भोग्दै लक्ष्मीधाप स्पोर्टिङ क्लब घर फर्किएको छ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका कुवापानी एफसीका निशान राई  अफ द म्याच घोषित हुँदै नगद रु १००० प्राप्त गरे। उनलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिर्तामोड नगर कमिटी अध्यक्ष सुदर्शन थापाले  पुरस्कार प्रदान गरे।

प्रतियोगिता अन्तर्गत भोलि  अन्तिम क्वार्टर फाइनल खेल  बुट्टाबारी युनाइटेड र खुदुनाबारी एफसी बीच हुने आयोजक समितिका अध्यक्ष विजय तामाङले जानकारी दिए।

स्यालडाँगी युवा परिवारद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल वैशाख १५ गते हुनेछ। प्रतियोगिताको विजेताले ३० हजार  रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन

त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने   क्लबका सचिव राजु अधिकारीले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण sportnepal को आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...