Skip to main content

साझा अक्षर

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, ५० बढी घाइते,आन्दोलनमा घुसपैठ भएको महासंघको भनाई

काठमाडौं।विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ ।

शिक्षकहरू प्रदर्शन गर्दै बानेश्वर पुगेकामा निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछी प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो सोही बेला शिक्षकहरूबाट प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो ।

दोहोरो झडपका क्रम बिच ५० जना भन्दा बढी शिक्षकहरू घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरूलाई शहरको विभिन्न अस्पतालमा उपचार गरिन्दै गरेको जनाइएको छ ।

उता सोही आन्दोलनको समाचार संकलन गर्दै  बानेश्वर पुगेकी पत्रकार सविना कार्की समेत घाइते भएकी छन् ।पानीको फोहोराबाट कार्कीको आँखामा गम्भीर चोट लागेको छ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै  महासंघले आफूहरूको आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...