साझा अक्षर

प्रथम स्यालडागी नकआउट फुटबल कप को उपाधि सैनिक ११ फुटबल क्लबलाई

 

झापा ।। “ युवा उमेर होइन एउटा सोच हो। सोचमा खोट नहोस् सोच बदलौं देश बदलिन्छ” भन्ने नाराका साथ स्यालडाँगी युवा परिवार बिर्तामोड छ झापाको आयोजनामा सम्पन्न प्रथम स्यालडाँगी नकआउट फुटबल कप २०८२ को उपाधि सैनिक ११ फुटबल क्लब बिर्तामोड १० ले हात पारेको छ।

बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित स्यालडागी खेलमैदानमा भएको फाइनल भीडन्तमा आयोजक स्यालडागी युवा परिवारलाई टाई ब्रेकर मा पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

निर्धारित समयमा दुवै टोलीबाट एकएक गोलको बराबरी भएसँगै निर्णय ट्राइबेकरमा पुगेको हो।  ट्राइबेकरमा आयोजक स्यालडाँगी युवा परिवारलाई ४/२ गोल अन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लबले उपाधि जितेको हो।

उपाधि जितेसँगै सैनिक ११ फुटबल क्लबले नगद ३० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता स्यालडागी युवा परिवारले नगद २०हजार ट्रफी  मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ

विजेता तथा उपविजेता टोलीलाई  प्रमुख अतिथि  बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङबा विशेष अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ  स्यालडाँगी युवा परिवारका अध्यक्ष विजय तामाङ लगायत अतिथिहरुले पुरस्कार प्रदान गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

शनिश्चरे एफ सि बिर्तामोड युनाइटेड च्यालेन्ज कपको सेमिफाइनल प्रवेश

शनिश्चरे एफ सि बिर्तामोड युनाइटेड च्यालेन्ज कपको सेमिफाइनल प्रवेश

  बिर्तामोड झापा जेठ २५ ।। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी बिर्तामोड युनाइटेड च्यालेञ्ज कप फुटबल प्रत...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप, उर्लाबारी एफसी सेमीफाइनल प्रवेश

बिर्तामोड युनाइटेड च्यालेन्ज कप, उर्लाबारी एफसी सेमीफाइनल प्रवेश

  बिर्तामोड, झापा । झापाको बिर्तामोडमा आजदेखि सुरु भएको दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

  बिर्तामोड, झापा, जेठ २२ ।। झापाको बिर्तामोडमा आयोजना हुने दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियो...
ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...