साझा अक्षर

निलसरी च्यालेन्ज कप आजबाट सुरु: उद्घाटन खेलमा झापा एफ सी विजयी

 

झापा वैशाख २३ ।।झापाको मेचीनगर ७ जोरसिमलमा आजबाट ‘पहिलो निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता’ सुरु भएको छ।

आज भएको उद्घाटन खेलमा आदर्श युवा क्लब बुधबारेलाई हराउँदै झापा एफसी  सेमिफाइनलमा प्रवेश गरेको छ।

मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमल खेलमैदानमा   भएको उद्घाटन खेलमा आदर्श युवा क्लब बुधबारेमाथि  २–० गोल अन्तरको जित निकाल्दै झापा एफ सी सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा  हेमन लिम्बु र मिक्सन दासले एक एक गोल गरे। लिम्बुले पहिलो हाफको एघारौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दासले दोस्रो हाफमा गोल गर्दै टिमको जित सुनिश्चित गरे।

खेलको प्लेयर अफ द म्याच झापा एफसीका विवेक  राई भए । उनले नगद  २५०० र ट्रफी पाए । उनलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका  वार्ड नं ७ का वडा अध्यक्ष प्रल्लादमणि ओलीले  पुरस्कार प्रदान गरे । म्यान अफ द म्याचको पुरस्कार स्थानीय समाजसेवी सन्तोष मेचेले सौजन्य गरेका हुन्।

भोलिको दोस्रो क्वार्टर फाइनल खेल रेडहर्स एफसी इलाम  र धरानसिटी फुटबल क्लब सुनसरीबीच हुनेछ।

नेपाल र भारतका गरी कुल आठ टिम सहभागी रहेको  प्रतियोगिताको फाइनल खेल वैशाख ३० गते हुनेछ  प्रतियोगिताको विजेताले २ लाख  रुपैयाँ र उपविजेताले एक लाख  रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका अध्यक्ष सन्तोष मेचेले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५००सय  र ट्रफी पाउनेछन् । त्यस्तै, विधागत उत्कृष्ट खेलाडी र खेलाडीहरूलाई पनि नगद र ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष मेचेले जानकारी दिएका छन्।

प्रतियोगिता नीलसरी महोत्सव २०८२ को अवसरमा जोरसिमल मेचे समाज विकास समितिले आयोजना गरेको हो। उक्त महोत्सवमा फुटबल प्रतियोगिता साथै आदिवासी जनजातिको रैथाने खाना स्टल, सांस्कृतिक कार्यक्रम र आँखा शिविरको समेत आयोजना गरिएको  अध्यक्ष मेचले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...