साझा अक्षर

निलसरी च्यालेन्ज कप: उत्कृष्ट जितका साथ आयोजक सेमिफाइनलमा प्रवेश

मेचीनगर नगरपालिका वडा नं ७ स्थित जोरसीमल खेल खेलमैदानमा आज भएको खेलमा उर्लाबारी fc मोरङलाई ४–१ गोल अन्तर पराजित गर्दै युथ क्लब जोरसिमल अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो ।

उर्लाबारीका लागि खेल सुरू भएको १२ औं मिनेटमा  राम थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ पूर्ण रूपमा आयोजकमाथि दबाब राखेको उर्लाबारी दोस्रो हाफमा केही अवसरहरू गुमाउँदा थप गोल गर्न सकेन ।
पहिलो हाफमा सोचे अनुरूपको प्रदर्शन गर्न नसकेको आयोजक टिम दोस्रो हाफमा सुधारिएर खेले प्रस्तुत गर्दै । उर्लाबारीलाई दबाबमा राख्न सफल भयो  आयोजकले खेलको ४८ औं मिनेटमा बराबरीको गोल गर्यो  । आयोजकका खेलाडीमाथि डिबक्समा फल गरेपछि  पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै  अरुण मेचेले गोल गरे

आयोजकले त्यसपछि उर्लाबारीलाई पूर्णरुपमा दबाबमा राख्दै आक्रमण गर्यो। अभिनाश चौधरी खेलको ७० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै अरून मेचेले ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-१ को अवस्थामा पुर्‍याए। विवेक राजवंशी ८४ औं मिनेटमा थप गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेका विजेता टिमका अरुण मेचे म्यान अफ द म्याच घोषित भए । उनलाई मेचीनगर वडा नम्बर २ का वडा अध्यक्ष  दिपक बराल, नगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझा, पुर्व झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष चन्द्र प्रसाईलगायतले नगद २५०० सहित ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत भोलि हुने अन्तिम क्वाटर फाइनल खेलमा बेलबारी एफसी  मोरङ र युनाइटेड कर्साङ एफसी भारतबीच हुनेछ।

वैशाख ३० गते हुने फाइनल खेलको विजेताले
नगद २ लाख  ट्रफी तथा उपविजेताले १ लाख प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।

यसैबीच नेलसरी महोत्सव २०८२ को अवसरमा वैशाख २८ गते आइतबार ओमसाई पाथिभरा हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग  र जोरसिमल मेचे विकास सेवा समितिको आयोजनामा आँखा शिविर कार्यक्रम रहेको समितिका सचिव सञ्जय मेचेले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...