साझा अक्षर

निलसरी च्यालेन्ज कप: झापा एफसीलाई हराउँदै आयोजक फाइनल प्रवेश

 

मेचीनगर बैशाख २७ ।। युथ क्लब जोरसिमल यहाँ जारी प्रथम निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा झापा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक युथ क्लब जोरसिमल  फाइनल प्रवेश गरेको हो।

आयोजकको तर्फबाट रेजिन सुब्बाले खेलको ३४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए उनले राइट ह्यान्ड साइडबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो।   त्यही  उनले गरेको गोल नै निर्णायक भएसँगै आयोजकले फाइनलको यात्रा तय गरेको हो।

राष्ट्रिय खेलाडी देवेन्द्र तामाङ  रेजिन सुब्बासहित मैदान उत्रिएको आयोजकले पूरा अवधि झापा एफसीलाई दबाबमा राख्न सफल भयो

पराजित झापा एफसीले भने सोचे अनुरूपको खेल प्रस्तुत गर्न सकेन। दोस्रो हाफको अन्तिम अन्तिम समयमा पाएका केही अवसरलाई पनि सदुपयोग गर्न नसक्दा झापा एफसी सेमिफाइनलमा पराजित हुँदै घर फर्किएको छ।

खेलको प्लेयर अफ द म्याच सुब्बा भए । उनलाई कोशी प्रदेशसभाका पूर्वसदस्य श्रीप्रसाद मैनाली, मेचीनगर ७ का वडा अध्यक्ष प्रल्हादमणि ओलीलगायतले नगद २५०० नगद र ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत भोलि हुने अन्तिम सेमिफाइनल खेल बेलबारी एफसी मोरङ र रेडहर्स क्लब इलाम बीच हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगितामा प्लेयर अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५०० प्राप्त गर्नेछन् । त्यस्तै, अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।

नीलसरी महोत्सवमा फुटबलसँगै अन्य कार्यक्रमहरू पनि आयोजना गरिएको छ। भोलि वैशाख २८ गते आइतबार आँखा शिविर सञ्चालन हुनेछ। शिविरमा ओम साई पाथिभरा हस्पिटलको प्राविधिक सहयोग रहने  शिविर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म शिविर सञ्चालन हुने छ । शिविरमा सम्पूर्ण नगरवासीलाई सहभागी भई आँखा जाँच गराउन समेत   आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...