Skip to main content

साझा अक्षर

जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा सगरमाथा संवाद हुने

काठमाण्डाै – आउँदो शुक्रवारदेखि शुरू हुने सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा एक सय ७५ जना विदेशी पाहुनासहित तीन सय ५० जना सहभागी हुने जानकारी दिएकी हुन्।

उनले संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग ‘साइडलाइन’ भेटवार्ताको व्यवस्था गरिएको बताइन्। संवादको तयारी अन्तिम चरणमा पुगेको छ । तयारी स्वरूप सरकारले १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरेको छ । तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने परराष्ट्रमन्त्री राणाले जानकारी दिएकी छन्।

चीन र भारतबाट प्रतिनिधित्व गर्ने र कोप–२९ का अध्यक्ष एवम् अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ ।

कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नुरहेको परराष्ट्रमन्त्रीले बताइन्। सगरमाथा संवाद ‘जलवायु परिवर्तन : हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन भइरहेको सरकारले जनाएको छ ।

यसैबीच सगरमाथा संवाद सचिवालयका सदस्य सचिव एवम् वन तथा वातावरण मन्त्रालयका सह सचिव डा. महेश्वर ढकालले जलवायु परिवर्तनको मुद्दा प्राविधिकसँग राजनीतिक विषय पनि भएकोले त्यही अनुसार छलफल गरिने बताएका छन् कि।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...