Skip to main content

साझा अक्षर

बिर्तामोडमा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

 

बिर्तामोड जेठ १  ।। झापाको बिर्तामोडमा वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

बिर्तामोड  वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा  आगामी जेठ ३ र ४ गते बिर्तामोड ९ स्थित दुर्गा माविको खेल मैदान प्रतियोगिता आयोजन गर्न लागिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो।

प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वडाका  १० टिमको सहभागिता रहने वडा खेलकूद विकास समितिका अध्यक्ष विश्वदीप राजवंशीले जानकारी दिए।

बिर्तामोड नगरपालिकामा रहेका खेलाडीहरूको प्रतिभा उजागर गर्न र युवामा खेलप्रतिको आकर्षण बढाउनु तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी स‌द्भाव तथा सहकार्य विस्तार गर्ने उद्देश्यले  खेलको आयोजना गरिएको राजवंशीले बताए ।

दुई दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु.३१ हजार र उपविजेताले नगद रु.२१ हजार  ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत  सर्वोत्कृष्ट सर्भर, सर्वोत्कृष्ट स्पाइकर, सर्वोत्कृष्ट ब्लकर, सर्वोत्कृष्ट सेटर हुने खेलाडीले नगद र ट्रफी प्राप्त गर्नेछन्।

प्रतियोगिता सम्पन्न गर्नका लागि  ५ लाख ३२ हजार २ सय लाग्ने अनुमान गरिएको अध्यक्ष राजवंशीले जानकारी दिएका छन्।

पत्रकार सम्मेलनमा बिर्तामोड नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद चौलागाईं, बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बु , भलिबल प्रशिक्षक तथा रेफ्री नवीन रिजाल लगायतको आतिथ्यता रहेको थियो।

यो खेलको गेम अफ नेपाल को आधिकारिक फेसबुक पेज र झापा अनलाइन टिभी युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...