Skip to main content

साझा अक्षर

वडास्तरीय भलिबल प्रतियोगिता: वार्ड नं ३ ,४, ६ र ७ सेमीफाइनल प्रवेश

 

बिर्तामोड जेठ ३ ।। झापाको बिर्तामोडमा आजबाट सुरु भएको वडास्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

बिर्तामोड  वडा नं. ९ खेलकुद विकास समितिको आयोजना र नगर खेलकुद विकास समितिको सहआयोजनामा सञ्चालित प्रतियोगिताबाट वडा नम्बर ३ , ४ , ६  र  ७ सेमिफाइनलमा प्रवेश गरेका छन्।

वार्ड नं ३ ले वडा नम्बर १ लाई सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो। त्यस्तै वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ४ सेमिफाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर १० लाई पराजित गर्दै वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै वडा नम्बर ६ ले वडा नम्बर २ लाई तेस्रो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ

प्रतियोगितामा भोलि सेमिफाइनल र फाइनलका खेलहरू सञ्चालन हुनेछन्। पहिलो  सेमीफाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर ४ को सामना गर्नेछ । दोस्रो सेमीफाइनल खेलमा वडा नम्बर ६ र वडा नम्बर ७ बीच खेल हुनेछ।
उद्घाटन कार्यक्रम बिर्तामोड नगरपालिका वडा नम्बर ९ खेलकुद विकास समितिका अध्यक्ष विश्वद्दीप राजवंशीको अध्यक्षता र बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको  प्रमुख आतिथ्यतामा सुरु भएको हो। कार्यक्रममा विशिष्ट अतिथि बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र संग्रौला रहेका थिए। उक्त कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकी वार्ड नं २ का वडाध्यक्ष किशोर पौडेल वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाई वडा नं ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङबा वडा नं ७ का वडा अध्यक्ष कृष्ण अबिरल खरेल वडा नं १० का वडा अध्यक्ष दुर्योधन गुरुङ वार्ड नम्बर ७ का वडा अध्यक्ष हरिप्रसाद चमलागाईं , नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, बिर्तामोड नगर  खेलकुद विकास समितिका अध्यक्ष विकास गिरी, सचिव विसन लिम्बु लगायतको अतिथ्यता रहेको थियो।
औपचारिक कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन्।

बिर्तामोड नगरपालिकामा रहेका खेलाडीहरूको प्रतिभा उजागर गर्न र युवामा खेलप्रतिको आकर्षण बढाउनु तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी स‌द्भाव तथा सहकार्य विस्तार गर्ने उद्देश्यले  आयोजना गरिएको हो

दुई दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु.३१ हजार र उपविजेताले नगद रु.२१ हजार  ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत  सर्वोत्कृष्ट सर्भर, सर्वोत्कृष्ट स्पाइकर, सर्वोत्कृष्ट ब्लकर, सर्वोत्कृष्ट सेटर हुने खेलाडीले नगद र ट्रफी प्राप्त गर्नेछन्।

यो खेलको प्रत्यक्ष प्रसारण गेम अफ नेपाल को आधिकारिक फेसबुक पेज र झापा अनलाइन टिभीमा हेर्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...