साझा अक्षर

वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वार्ड नं ३ लाई

 

बिर्तामोड जेठ ४ ।। झापाको  बिर्तामोडमा  सञ्चालित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड वडा नं ३ ले जितेको छ।

आज भएको फाइनल खेलमा अर्को उपाधि दावेदार मानिएको टिम बिर्तामोड नगरपालिका वडा नं ६ लाई सोझो सेटमा पराजित गर्दै वडा नम्बर ३ ले उपाधिमाथि कब्जा जमाएको हो।

पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ लाई ३-० को सोझो सेटमा पराजित गर्दै वडा नम्बर ३ ले फाइनल यात्रा तय गरेको थियो भने वडा नं ७ लाई सोझो सेटमा नै पराजित गर्दै वार्ड नम्बर ६ ले फाइनलमा वडा नम्बर ३ सँगको भेट पक्का गरेको हो।

फाइनलमा वडा नम्बर ३ ले वडा नम्बर ६ लाई २५- १६, २५ -१५ र २५-२३ को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। वडा नम्बर ६ भने सोचे अनुरूपको प्रदर्शन गर्न नसक्दा उपविजेतामै सीमित बन्न पुगेको हो। उसका लागि लिला डागी खासै चल्न सकेनन् भने अन्य खेलाडीहरुले पनि सोचे अनुरुपको प्रदर्शन गर्न सकेनन्

विजेता बनेसँगै बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले नगद ३१ हजार  आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो उपविजेता वडा नम्बर ६ले नगद २१ हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

विधागत पुरस्कारतर्फ पनि बिर्तामोड ३ का खेलाडीहरूको बर्चस्व रहेको छ। प्रतियोगिताको बेस्ट डिफेन्डर बिर्तामोर ६ का कमल बस्नेतले जितेका छन्। बेस्ट स्पाइकरको उपाधि बिर्तामोड ६ का लीला डागीले जितेका छन्। भने वेस्ट ब्लकर  बिर्तामोड ३ का धुर्व भण्डारी, वेस्ट सर्भर रोहन शर्मा ,वेस्ट लिफटर सबिन थापा घोषित भए प्रतियोगिताको राइजिङ प्लेयर बिर्तामोट ९ का अनिश शङ्करले भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि बिर्तामोड ३ का ध्रुव भण्डारीले हात पारेका छन्।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन कार्यक्रमका सभापति बिर्तामोड ९ खेलकुद विकास समितिका अध्यक्ष विश्वदिप राजवंशी प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद  चम्लागाई, बिर्तामोड नगरपालिका वडा नं ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङबा ,  वडा नम्बर ९ कार्यपालिका सदस्य संगीता शिवा लगायत ले नगद पुरस्कार तथा ट्रफी प्रदान गरे ।

बिर्तामोड नगरपालिकामा रहेका खेलाडीहरूको प्रतिभा उजागर गर्न र युवामा खेलप्रतिको आकर्षण बढाउनु तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी स‌द्भाव तथा सहकार्य विस्तार गर्ने उद्देश्यले  बिर्तामोड नगरपालिका वडा नम्बर ९ खेलकुद विकास समितिको आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समितिको सह आयोजनामा यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष विश्वदिप राजवंशीले बताएका छन्।

प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १०वटा भलिबल टिमहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...