Skip to main content

साझा अक्षर

नेपालकै पहिलो एआई अन्तर्राष्ट्रिय सम्मेलन बिर्तामोडमा

 

बिर्तामोड असार ५ ।।  इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (आईसीआरटीएआई २०२५)  अन्तर्राष्ट्रिय सम्मेलन आगामी असार १४ र १५ झापाको बिर्तामोडमा हुने भएको छ ।

नेपालको प्रविधि इतिहासमा नयाँ अध्याय शुरु हुँदै गर्दा  नुमा डिजिटल फर्मको आयोजना तथा  मेची बहुमुखी क्याम्पस भद्रपुर झापाको सहआयोजनामा सम्मेलन हुन लागेको हो ।

सम्मेलनका संयोजक तथा मेची बहुमुखी क्याम्पसका आईटी विभाग प्रमुख सुनिल शर्माका अनुसार कार्यक्रममा नेपालका साथै अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स्, र भारतका प्राध्यापक तथा विषय विज्ञहरूले रिसर्च पेपर प्रस्तुत गर्नेछन् ।

शर्माका अनुसार आईसीआरटीएआई २०२५ केवल प्रविधि प्रदर्शन गर्ने मञ्च होइन। यो सम्मेलनले नीति निर्माण, सार्वजनिक संवाद र विद्यार्थी नेतृत्वलाई एउटै प्रवाहमा जोड्नेछ। सम्मेलनको कन्फरेन्स प्लस अनकन्फरेन्स ढाँचा नेपालको सम्मेलन संस्कृतिमा नयाँ प्रयोग हुने उनले बताए

अनकन्फरेन्स ट्रयाकहरूमा सहभागीहरूले आफूले चाहेका विषयमा  प्रस्ताव गर्न सक्नेछन् — जस्तै भाषागत एआई, ग्रामीण स्वास्थ्य सेवामा एआई, अथवा महिला र समावेशी डेटा नीति। यसले सहभागीहरूलाई श्रोतामात्र होइन, सह-निर्माता बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...