साझा अक्षर

पहिलो अन्तर्राष्ट्रिय एआई सम्मेलनको सम्पूर्ण तयारी पूरा, ६ देशका विज्ञको सहभागिता

बिर्तामोड, झापा असार १३।। आर्टिफिसियल इन्टेलिजेन्स (AI) विषयक अन्तर्राष्ट्रिय सम्मेलन ‘इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (ICRTAI 2025)’ को सम्पूर्ण तयारी पूरा भएको छ। नेपालमै पहिलोपटक हुन लागेको यो सम्मेलन आगामी असार १४ र १५ गते झापाको बिर्तामोडमा हुने छ।

कार्यक्रम नुमा डिजिटल फर्मको आयोजनामा र मेची बहुमुखी क्याम्पस, भद्रपुरको सह–आयोजनामा आयोजना हुँदैछ। नुमा डिजिटल फर्मका चिफ युयुत्शु बञ्जाराले सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन्।

सम्मेलनमा नेपालसहित अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स र भारतका एआई विज्ञ तथा प्राध्यापकहरू सहभागी हुने छन्। उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी अनुसन्धान पत्र (रिसर्च पेपर) प्रस्तुत गर्नेछन्।

कार्यक्रम संयोजक तथा मेची क्याम्पसका आईटी विभाग प्रमुख सुनिल शर्माका अनुसार, सम्मेलन केवल प्रविधिको प्रदर्शनी नभई नीति निर्माण, सार्वजनिक संवाद र विद्यार्थी नेतृत्वलाई एउटै प्रवाहमा जोड्ने गहिरो प्रयास हो।
उनले भने, “ICRTAI 2025 ले केवल प्रविधिको उज्यालो मात्र होइन, संवाद, प्रयोग र अनुभव आदान–प्रदानको उज्यालो पनि ल्याउनेछ।”

“कन्फरेन्स प्लस अनकन्फरेन्स” — नयाँ अभ्यासको प्रयोग

सम्मेलनको विशेषता “कन्फरेन्स प्लस अनकन्फरेन्स” ढाँचा हो, जसअन्तर्गत सहभागीहरूले आफैं रोजेका विषयमा प्रस्तुति प्रस्ताव गर्न सक्नेछन्। आयोजकहरूका अनुसार, यो नेपालमा सम्मेलन सञ्चालनको संस्कृतिमा नवीन अभ्यास हुनेछ।

इभेन्ट कोअर्डिनेटर तथा चिफ इनोभेसन फार्मर शर्माका अनुसार, “अन्तर्राष्ट्रिय सम्मेलनको तयारी चुनौतीपूर्ण रह्यो। तर यसले स्थानीय प्रतिभालाई विश्व सञ्जालमा पुर्‍याउने ढोका खोलेको छ।” साथै, उनले यस कार्यक्रमलाई आगामी वर्षहरूमा निरन्तरता दिने योजना रहेको जानकारी दिए।

इन्जिनियर पुकार कार्कीले भने, “सम्मेलनले नेपाली विद्यार्थी तथा अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय स्तरमा पहुँच दिनेछ। साथै, Responsible AI को विषयमा पनि सजगता आवश्यक रहेको छ।”

इन्जिनियर सुवर्ण प्याकुरेलले कार्यक्रममा कन्फरेन्ससँगै अनकन्फरेन्स सेसन पनि हुने जानकारी दिए। उनले सहभागीहरूलाई सक्रिय बनाउने डिजिटल प्रविधिको प्रयोग प्रभावकारी रहेको बताए। साथै, पोस्ट इभेन्ट का गतिविधिहरू पनि व्यवहारिक र उपयोगी हुने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Wd40 Casino Review: Quick‑Play Slots & Lightning Wins

Spinjo Casino: Quick Wins and Fast‑Play Slots for Short Sessions

Ozbet Casino: Quick‑Fire Slots & Live Action for the Speed‑Obsessed Player

Neo Spin Casino: Quick‑Hit Wins for the Modern Player

छुटाउनुभयो कि ?

Wd40 Casino Review: Quick‑Play Slots & Lightning Wins

In the fast‑paced world of online gambling, Wd40 offers a playground where every spin feels like a sprint. Whether you’re on a cof...

Spinjo Casino: Quick Wins and Fast‑Play Slots for Short Sessions

Spinjo Casino has carved a niche for players who love rapid thrills without long‑form commitment. In a few minutes you can spin a ...

Ozbet Casino: Quick‑Fire Slots & Live Action for the Speed‑Obsessed Player

Why Speed Matters at Ozbet CasinoOzbet Casino isn’t built for marathon sessions; it’s crafted for the adrenaline‑driven player who...

Neo Spin Casino: Quick‑Hit Wins for the Modern Player

Neo Spin Casino delivers the kind of adrenaline‑filled gaming that keeps players coming back for fast, high‑intensity sessions. Fr...