Skip to main content

साझा अक्षर

चलचित्र ‘जनै हराएको मान्छेको’ पोस्टर सार्वजनिक

 

झापा असार २२ ।। नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छेको’ पोस्टर सार्वजनिक गरिएको छ।

झापाको बिर्तामोडस्थित QFX सिनेमा हलको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो।

फरक तरिकाले चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै ‘जनै हराएको मान्छेको’ प्रचारप्रसार सुरु गरेको छ

विजय बराल, केकी अधिकारी, मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रमा, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्डी, निरु खड्का गौतम, सुवास सिंह ठकुरी आदिको अभिनय रहेको छ ।

हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रलाई कमल न्यौपाने र बिमल न्यौपानीले निर्माण गरेका हुन्। चलचित्र यही असार ६ गतेबाट देशैभरी एकैसाथ प्रदर्शनमा आउने भएको छ। चर्चित तथा अहिलेका नाम चलेका कलाकारहरूको मुख्य भूमिका र सफल निर्देशकद्वारा निर्देशित चलचित्र सफल हुने निर्माण पक्षको दाबी रहेको छ।

पोस्टर सार्वजनिक कार्यक्रमम नेपाल चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोखरेल, चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष केवल तामाङ, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विशाल थापा र युवा व्यवसायी शैलेन्द्र कुरुम्वाङको उपस्थिति रहेको थियो ।

पोस्टर सार्वजनिक कार्यक्रमको चलचित्र पत्रकार सङ्घ कोशी प्रदेश सदस्य सुनिता तामाङले सहजीकरण गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...