साझा अक्षर

क्यान झापाको समन्वयमा १५ दिने सीप अभिवृद्धि तालिम सम्पन्न

बिर्तामोड असार २५।। कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापाको समन्वयमा  सञ्चालित १५ दिवसीय सीप अभिवृद्धि तालिम समापन भएको छ ।

असार ८ गतेबाट झापाको बिर्तामोड स्थित प्रथम आइटी कलेजको सभा हलमा सञ्चालित तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै औपचारिकरुपमा तालिम समापन गरिएको हो ।

आजको आवश्यकता, व्यवसायिक उच्च दक्षता भन्ने नारा दिएर हेल्भेटास नेपाल इन्स्योर परियोजनाको लगानीमा सहकारी संस्थाहरु, सहकारी पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा आइटी सेक्टरमा कार्यरत कर्मचारीहरुलाई ६० घण्टे तालिम दिइएको हो ।

बिर्तामोडस्थित प्रथम आईटी सिस्टम प्रालि र प्रयास प्रारम्भले तालिमको आयोजना गरेका थिए । तालिममा ४५ जना हाराहारीको सहभागिता थियो ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा आयोजित तालिम समापन कार्यक्रममा बोल्दै उनले नगरपालिकाले पनि विभिन्न विधामा वर्षेनी ३५ लाख रुपैयाँभन्दा बढी खर्चेर सयौंको संख्यामा सहभागीहरुलाई सीप अभिवृद्धि तालिम प्रदान गर्दै आएको बताए  ।

‘हामी आईटी सेक्टरमा प्रवेश गरेका रहेनछौं, क्यान संस्थाको कार्यालय बिर्तामोडमा नै रहेछ, आगामी वर्ष समयमा नै क्यानले आवेदन गरोस्, नगरपालिका सहकार्य गर्न तयार छ’ नगर उपप्रमुख संग्रौलाको भने ।

प्रविधिसँग आधारित सफ्टवेयरको माइक्रो लेभलको तालिम लिने दिने र तालिम लिनेहरुले पनि उद्यम, व्यवसाय वा रोजगारीलाई निरन्तरता दिने हो भने लगानी खेर नजाने बताउनु हुँदै उहाँले तर ‘सिंगडा तालिम’मा नगरपालिकाले लगानी गर्नै नसक्ने उहाँको प्रष्टोक्ति थियो ।

क्यान महासंघ झापाका अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षतामा सञ्चालित तालिम समापन कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रमुख डा. रुपक खनालले शिक्षा भनेको नलेज, स्किल, विहाविअर र विस्डमको संगम भएको बताए ।

सो कार्यक्रममा हेल्भेटास नेपाल इन्स्योर परियोजनाका कोशी प्रदेश प्रबन्धक विकास पन्थीले यो १५ दिनको तालिम कस्तो रह्यो भन्ने कुरा सहभागीहरुको प्रतिक्रिया र तालिम संयोजकको प्रस्तुतिबाट थाहा पाएकोले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिन हौसला मिलेको बताए  ।

दिगो तथा सम्मानित रोजगारका लागि हेल्भेटासको सहयोग निरन्तर रहिरहने स्मरण गराउनु हुँदै प्रबन्धक पन्थीले इन्स्योर परियोजनाको कार्यकाल सकिए पनि लो कस्ट एक्सटेन्सनमा रहेर थप एक वर्ष काम गरिने बताए।

स्थानीय सरकारसँग सहकार्य गर्न हेल्भेटास सदैव तत्पर रहेको सुनाउँदै प्रदेश प्रबन्धक पन्थीले शिक्षा, स्वास्थ्य, सीप विकासजस्ता काममा आफूहरु अग्रसर हुने  बताए ।

क्यान महासंघ झापाका सचिव खगेन्द्र मिश्रले सञ्चालन गरेको तालिम समापन कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष लोकप्रिय खनालले शाब्दिक स्वागत गररेका थिए ।

समापन कार्यक्रममा प्रशिक्षार्थी युनिश बाँस्कोटा, चन्द्र लुइँटेल, लीला पोखरेल र चन्द्रकला घिमिरेहरुले १५ दिनको तालिम अनुभवसहित सुझावहरु प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...