साझा अक्षर

दोस्रो झापा रकस्टार को अडिसन साउन १० बाट विजेताले नगद ५० हजार पाउने

 

बिर्तामोड साउन ८  ।। अमृत स्टोर बिर्तामोड झापाको आयोजनामा दोस्रो संस्करणको झापा रक स्टार  ब्यान्ड कम्पिटिसन आयोजना हुने भएको छ ।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी  आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो। दोस्रो संस्करणको झापा रकस्टार विद्यालय स्तरीय रहने आयोजकले जानकारी गराएको छ। प्रतियोगितामा कक्षा ५ देखि कक्ष १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने आयोजकका प्रमुख अमृत पौडेलले जानकारी दिए । प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालय गरी कुल पाँचवटा विद्यालयहरूको सहभागिता रहेको र आज बेलुकासम्म अन्य विद्यालयहरू थप हुने  उनले बताए ।

प्रतियोगितामा सहभागिता जनाउने  ब्यान्डमा कम्तिमा पाँचजना सदस्यहरु अनिवार्य हुनुपर्नेछ । र र ब्यान्डमा एउटा  नेपाली लोक बाजा अनिवार्य हुनुपर्ने कार्यक्रम संयोजक सुनिता तामाङले जानकारी दिइन्।

पहिलो चरणको अडिसन साउन १० गते हुने र पहिलो चरणबाट छनोट भएका उत्कृष्ट ३ समूहले ले फाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने कार्यक्रम संयोजक तामाङले जानकारी दिइन्।

पहिलो संस्करण खुल्ला ब्यान्ड प्रतियोगिता गरिएकोमा दोस्रो संस्करणमा विद्यालयमा रहेका गीतसंगीतलाई मन पराउने तर अवसरको खोजी गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर दोस्रो संस्करण विद्यालय स्तरीय गरिएको प्रमुख पौडेलले जानकारी दिए।

प्रतियोगिताको विजेता हुने समूहले नगद ५० हजार रुपैयाँ सहित आकर्षक गिफ्टह्याम्पर फर्स्ट रनर अफले नगद ३० हजार सहित आकर्षक गिफ्टह्याम्पर  र सेकेन्ड रनर अफ हुने समूहले नगद २० हजार सहित आकर्षक  गिफ्टह्याम्पर प्राप्त गर्ने कार्यक्रम संयोजक तामाङले जानकारी दिएकी छन्

सोही कार्यक्रममा कार्यक्रमको लाइभ स्ट्रिमिङ पार्टनरको रूपमा सुहानि  मिडिया एण्ड इन्टरटेन्मेन्टको तर्फबाट सुरज प्रधान,डिजिटल पार्टनर डिजीभेन्सको तर्फबाट सुमन खत्री, मल्टिमिडिया पार्टनर मुखिया प्रोडक्सन हाउसको तर्फबाट सौरभ मुखिया र इन्टरनेट पार्टनर नेपाल टेलिकम बीच कार्यक्रममा सहकार्य गर्ने सम्झौता पत्रमा समेत हस्ताक्षर  गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...