Skip to main content

साझा अक्षर

सिक्किमका दुई फाइनलिस्ट भोटको लागि अपिल गर्दै झापामा

 

बिर्तामोड भाद्र १  ।। नेपाली गायन रियालिटी शो “मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सल– सिजन २” को फाइनलमा पुग्न सफल भारत सिक्किम निवासी दुई प्रतिस्पर्धीहरू यतिखेर भारत तथा नेपालका विभिन्न सहरहरूमा भोट माग्ने क्रममा रहेका छन्।

अहिलेसम्मको धेरै धनराशी पुरस्कार भएको चर्चित रियालिटी शो मेरो भ्वाइस युनिभर्सलमा भारत दार्जिलिङ निवासी दीपराज राई गायनबाट फाइनलमा प्रवेश गरेका छन् भने अमृता राई नृत्य विधाबाट फाइनलमा प्रवेश गरेकी छन्।

फाइनलमा आफ्नो प्रस्तुतिसँगै दर्शकको भोट पनि त्यतिकै आवश्यक पर्ने हुनाले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दर्शक महानुभावहरुलाई भोट गर्न अपिल गर्दै उनीहरू यतिबेला देश विदेश दौडाहामा रहेका छन्

कार्यक्रमको सिलसिलामै उनीहरू आज झापाको बिर्तामोडमा आइपुगेको र भोलि झापाका विभिन्न शहरहरूमा कार्यक्रम सहित भोट अपिल कार्यक्रम रहेको जनाएका छन् । सोही क्रममा भोलि अपरान्ध ४ बजे झापाको बिर्तामोड स्थित वन स्टप महल अगाडिको प्राङ्गणमा विशेष कार्यक्रम सहित भोट अपिल कार्यक्रम रहेको जानकारी गराएका छन्

कार्यक्रममा सिक्किमका कलाकारहरु पदम तामाङ, रक लामा, इन्स्टा मेन, सिक्किम गर्ल, दिपेश ट्वाइन्टीलगायतले भोलि दिउँसो ४ बजे आआफ्नो प्रस्तुति दिँदै भोट माग्ने कार्यक्रम तय गरिएको छ ।

विगतका दिनहरूमा पनि नेपालबाट धेरै साथ सहयोग पाएको कारण आफूहरू फाइनल चरणमा प्रवेश गरेको बताउँदै भोलि हुने पहिलो विशेष कार्यक्रममा सबैलाई उपस्थित भइदिन समेत आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टाइब्रेकरमा झिलझिलेलाई रोक्दै चारपाने फाइनलमा,

झापा असोज २२।। चारपाने युनाइटेड भेट्रान्स क्लब प्रथम सालबारी–मिलडाँडा नकआउट पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर...

भुपेनको ह्याट्रिकमा बिर्तामोड भेट्रान्स सेमीफाइनल प्रवेश

झापा । कप्तान भुपेन लिम्बुको उत्कृष्ट प्रदर्शनसँगै बिर्तामोड भेट्रान्स सालबारी मिलडाँडा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलम...

दोस्रो कन्काई मिनी गोल्डकप असोज २३देखि खेल तालिका सार्वजनिक

सुरुङ्गा, झापा । झापाको कन्काई नगरपालिका–सुरुङ्गामा दोस्रो कन्काई मिनी गोल्डकप २०८३ आयोजना हुने भएको छ। कन्काई स्पोर्टिङ क्लबको ...

बिर्तामोड युनाइटेडद्वारा खेलाडीलाई ट्र्याकसुट वितरण

बिर्तामोड ।। झापाको बिर्तामोडमा रहेको प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड क्लबले आफ्ना खेलाडीलाई ट्र्याकसुट वितरण गरेको छ। ख...