Skip to main content

साझा अक्षर

फाल्गुनन्द ग्रीन पिस क्लबको ७औँ अधिवेशन सम्पन्न, धन नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

 

पाँचथर असोज ५ ।। फाल्गुनन्द गाउँपालिका–३, पौवा सारतापस्थित फाल्गुनन्द ग्रीन पिस क्लबको १७औँ साधारण सभा तथा ७औँ अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले धन नेम्वाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित समितिको उपाध्यक्षमा श्रीहाङ नेम्बाङ ,सचिव गोपाल घिमिरे, सहसचिव दिलकुमार नेम्बाङ र कोषाध्यक्षमा प्रेमराज नेम्बाङ सर्वसम्मत चयन भएका छन्।
सदस्यहरूमा प्रेमराज नेम्बाङ, पदमराज नेम्बाङ, टेकनाथ चम्लागाईं ,रोजनी नेम्बाङ, मावा तामाङ सनप्रसाद परियार र सूर्य खतिवडा चयन भएका छन्

२०५७ सालमा स्थापना भएको क्लबले स्थापनाकालदेखि नै विविध कार्यक्रम गर्दै आएको छ। केही समय पदाधिकारीविहीन अवस्थामा रहेको क्लबले नयाँ कार्यसमिति पाएसँगै अब विविध कार्यक्रम गर्दै क्लबको छविलाई माथि पुर्याउने नवनिर्वाचित पदाधिकारीले जनाएका छन्।

स्थापना कालदेखि नै सक्रिय रहँदै आएको क्लबले स्थानीय स्तरमा रहेका खेलाडीहरु उत्पादन गर्ने देखि लिएर खेलकुदको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गर्दै खेल विकासमा टेवा पुर्‍याउँदै आएको छ। नवगठित समितिका अध्यक्ष धन नेम्बाङले आगामी दिनमा क्लबलाई अझ माथि पुर्याउनका लागि यो समितिले काम गर्ने बताएका छन्

क्लबकोआफ्नै सभाहालमा सम्पन्न अधिवेशनमा सल्लाहकार समितिका सदस्यहरूले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै क्लबलाई सोचे अनुरुपको मार्ग निर्देशनमा अगाडि बढाउन सुझाव दिएका छन्। कार्यक्रममा संस्थाका सल्लाहकार, समाजसेवी,बुद्धिजीवी खेलप्रेमी र स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो।

सोही अवसरमा हाल युकेमा रहनुभएका क्लबका पूर्व अध्यक्ष सुरेन नेम्वाङको पहलमा संकलित रकमबाट खरिद गरिएको खेलकुद सामग्री नवगठित कार्यसमितिलाई हस्तान्तरण गरिएको छ।

नव–निर्वाचित अध्यक्ष धन नेम्वाङसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित सहभागीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...