साझा अक्षर

डा. झा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा

 झापा असोज ८ ।।  काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. सुदन झा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा सूचीकृत भएका छन् ।

हालै स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्रकाशन संस्था एल्सेभियरद्वारा प्रकाशित सूचीमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence), इन्टरनेट अफ थिङ्ग्स (IoT), गहिरो शिक्षण (Deep Learning) र सम्बन्धित क्षेत्रमा उनले गरेको योगदानलाई अन्तर्राष्ट्रिय मान्यता दिँदै उनी अटाएका हुन् ।

यो सूचीलाई वैज्ञानिक क्षेत्रमा सबैभन्दा विश्वसनीय र कठोर मापदण्डमा आधारित विश्वव्यापी मूल्याङ्कन मानिन्छ। संसारभरका लाखौं अनुसन्धानकर्ताको डाटा संकलन गरी उनीहरूको कार्यको प्रभावकारिता (impact) जाँचिन्छ ।

डा. झाको यो उपलब्धिले नेपालमा बसेर पनि विश्वस्तरीय अनुसन्धान सम्भव रहेको, नेपाली युवालाई विज्ञान र प्रविधिको क्षेत्रमा करियर बनाउन प्रोत्साहित गरेको साथै सरकारी तहमा वैज्ञानिक निर्णयहरूमा विज्ञ परामर्श लिन सहज हुने विश्वास गरिएको छ ।

२३ वर्षभन्दा बढी अध्यापन, अनुसन्धानसम्बन्धी अनुभव बोकेका डा. सयभन्दा बढी SCI/SCIE अनुक्रमित शोधपत्र प्रकाशित गरेका छन् । त्यस्तै १० वटा पुस्तक लेखेका वा सम्पादन गरेका छन्, भने, ३ वटा पेटेन्ट उनको नाममा दर्ता छन् ।

उनी भन्छन्, ‘यो उपलब्धि मात्रै मेरो होइन, यो मेरा सबै सहयोगी, विद्यार्थी, सहलग्न संस्था र परिवारको साझा उपलब्धि हो । नेपालमै रहेर अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गर्न सकिन्छ भन्ने कुरा यसले प्रमाणित गर्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Bizzo Casino: Quick‑Hit Gaming for the Fast‑Paced Player

Wd40 Casino Review: Quick‑Play Slots & Lightning Wins

Spinjo Casino: Quick Wins and Fast‑Play Slots for Short Sessions

Ozbet Casino: Quick‑Fire Slots & Live Action for the Speed‑Obsessed Player

छुटाउनुभयो कि ?

Bizzo Casino: Quick‑Hit Gaming for the Fast‑Paced Player

1. The Pulse of a Rapid SpinWhen the clock ticks down to a minute, a player settles in for a quick run at the reels. Bizzo’s inter...

Wd40 Casino Review: Quick‑Play Slots & Lightning Wins

In the fast‑paced world of online gambling, Wd40 offers a playground where every spin feels like a sprint. Whether you’re on a cof...

Spinjo Casino: Quick Wins and Fast‑Play Slots for Short Sessions

Spinjo Casino has carved a niche for players who love rapid thrills without long‑form commitment. In a few minutes you can spin a ...

Ozbet Casino: Quick‑Fire Slots & Live Action for the Speed‑Obsessed Player

Why Speed Matters at Ozbet CasinoOzbet Casino isn’t built for marathon sessions; it’s crafted for the adrenaline‑driven player who...