Skip to main content

साझा अक्षर

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष २०८२/८३ मा २ दशमलव १ प्रतिशत र त्यसपछिको वर्ष २०८३/८४ मा ४ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।

भर्खरै भएको जेनजी आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै विश्व बैंकले आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको प्रतिवेदनमा उल्लेख छ । बैंकले यसअघि चालू आर्थिक वर्षमा ५ दशमलव २ र त्यसपछिको वर्षमा ५ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हुने आँकलन गरेको थियो तर पछिल्लो घटनाक्रमपछि त्यसलाई घटाएको हो ।

पछिल्ला आन्दोलनलाई विश्व बैंकले शासन प्रणालीप्रतिको असन्तुष्टि र देशभित्र अवसरको अभावका रूपमा अर्थ्याएको छ । देशमा बढेको भष्ट्राचार, व्यावसायिक वातावरण बन्न नसक्दा छिमेकी देशमा जस्तै नेपालमा विकास हुन नसकेको विश्व बैंकको ठहर रहेको छ । प्रतिवेदनले विश्वव्यापी आर्थिक सुस्ती, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अशान्ति र कृत्रिम बुद्धिमत्ता अर्थात् (एआई) जस्ता प्रविधिले श्रम बजारमा ल्याउने चुनौतीलाई प्रमुख जोखिमका रूपमा देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...