Skip to main content

साझा अक्षर

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

 

पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ।

मिक्लाजुङ ४ रविस्थित मिक्लाजुङ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को उपाधि दाबेदार मानिएको मङ्गलबारे क्रिकेट टिमलाई चार विकेटले पराजित गर्दै कुरुम्बा हिल्स राइडरले उपाधिमाथि कब्जा जमाएको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको मंगलबारेले  बीस ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कुरुम्बाले  १९.२ ओभरमा  ६ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्दै उपाधि जितेको हो।

ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको मङ्गलबारे क्रिकेट टिमले बलिङमा भने त्यति राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि चुम्नबाट वञ्चित भएको हो। कुरुम्बा हिल्स राइडरका ब्याट्सम्यानले मङ्गलबारे क्रिकेट टिमका बलरहरूको हरेक बललाई चौका र छक्का प्रहार गर्दै विशाल लक्ष्य भेटाएको हो।

विजेता बनेसँगै कुरुम्बा हिल्स राइडरले नगद ५० हजार ट्रफी मेडल प्राप्त गरेको छ। उपविजेता मङ्गलबारे क्रिकेट टिमले नगद २५ हजार ट्रफी र मेडल प्राप्त गरेको छ। त्यस्तैगरी विधागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई पनि नगद प्रदान गरिएको छ।  विजेता तथा उपविजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ क्रिकेट एसोसिएसनका पदाधिकारी तथा स्थानीय समाजसेवी अगुवा व्यक्तित्वहरूबाट पुरस्कार प्रदान गरिएको थियो।

मिक्लाजुङ क्रिकेट एसोसिएसनले आयोजना गरेको मिक्लाजुङ प्रिमियर लिग तेस्रो संस्करणमा पाँचथर र इलामका गरी कुल आठवटा टिमहरूको सहभागिता रहेको थियो।

त्यसैगरी खेललाई अझ रोचक बनाउनका लागि फाइनल हेर्न मैदानमा आएका दर्शकहरु मध्येबाट एकजना भाग्यमानी दर्शकलाई फ्यान अफ द म्याच समेत प्रदान गरिएको छ। गोला प्रथाद्वारा विजेता बनेका फ्यान अफ द म्याचले फाइनलकोदिन  नगद ५००० प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...