Skip to main content

साझा अक्षर

मचिन्द्र सुब्बा स्मृति भेट्रान फुटबल प्रतियोगिता, अर्जुनधारा–१ विजयी

अर्जुनधारा कार्तिक १३ ।।   झापाको अर्जुनधारामा जारी स्व मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगिता अनतर्गत आज भएको खेलमा विजयी हुँदै अर्जुनधारा १ अघिल्लो चरणमा प्रवेश गरेको छ।
अर्जुनधारा ९ खरबन्दी स्थित नमूना खेलमैदानमा बिहीबार सम्पन्न भएको खेलमा अर्जुनधारा नगरपालिका–९ लाई ५–० गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–१ नं. वडा विजयी भएको हो ।
अर्जुनधारा–१ को जीतको लागि खेलको ३१ औं र ४४ औं मिनेटमा समिर सुब्बाले गोल गरेका थिए । त्यसैगरी खेलको २३ औं मिनेटमा विक्रम गोले, ४२ औं  मिनेटमा  सूर्य बहादुर तामाङ्ग र ४९ औं मिनेटमा विजय सेन्दाङले गोल गरेका थिए ।
खेलमा दुई गोल गर्ने विजेता टिमका समिर सुब्बा म्यान अफ द  म्याच बने । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा ,क्लब का उपाध्यक्ष पूर्ण राजवंशी  युवा व्यवसायी गंगा गौतमले नगद पुरस्कार १५ सय प्रदान गरे ।
 प्रतियोगिता अर्न्तर्गत भोलि(शुक्रबार)को खेल उद्घाटन खेलको विजेता वडा नम्बर २ र  वडा नं. १० बीच हुने छ। वडा नम्बर १० बाइ पाएर सिधै अन्तिम आठमा प्रवेश गरेको टोली हो। भोलिको खेलको विजेता अन्तिम चारमा प्रवेश गर्नेछ।

 

गोल्धाप  युवा क्लब अर्जुनधारा द्वारा आयोजित  प्रतियोगिताको फाइनल खेल कार्तिक २१ गते हुनेछ विजेताले नगद ५१ हजार रूपैयाँ आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टोलीले ३१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने गोलधाप युवा क्लबका अध्यक्ष सुरेन्द्र राईले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...