Skip to main content

साझा अक्षर

बराहा क्षेत्र कार्तिके पूर्णिमा मेलाको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा आयोजक र पाथिभरा एफसी भिड्दै

 

इम्बुङ कार्तिक १५ ।।  ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ। यही कार्तिक १७ गतेदेखि हुने प्रतियोगिताको लागि आयोजक  टु स्टार ग्रामीण सृजनशील क्लबले शुक्रबार खेलतालिका सार्वजनिक गरेको हो।

आयोजक टु स्टार ग्रामीण सृजनशील क्लबका अध्यक्ष अर्जुन नेम्बाङका अनुसार उद्घाटन खेल आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब र पाथिभरा एफसी बीच हुनेछ। त्यस्तै दोस्रो खेल कार्तिक १८ गते ग्रीन पिस एफसी फाल्गुनन्द ३ सार्ता र तिजोक एफसी फाल्गुनन्द एक नमिडाँडा बीच हुनेछ। सोही दिन २ बजे खुदनाबारी क्लब झापा र राके एफसी बीच प्रतिस्पर्धा हुनेछ।

चौथो खेल कार्तिक १९ गते सृजनशील क्लब कुम्मायक र फुङ्गबारी नाम्तोक एफ सी फाल्गुनन्दबीच प्रतिस्पर्धा हुनेछ

त्यस्तै महिलातर्फको पहिलो खेल कार्तिक १९ गते आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब र ग्रीन पिस एफ सी पौवा सारताप बीच हुनेछ। दोस्रो खेल फेमेसुवा एफ सी र सुकेपोखरी एफ सी बीच कार्तिक २० गते हुनेछ।

दुवैतर्फको फाइनल खेल कार्तिक २१ गते हुनेछ। पुरुषतर्फको विजेताले नगद १ लाख १५ हजार नगद आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ उपविजेता टिमले नगद रु. ७० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै महिलातर्फको विजेताले नगद १५ हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् उपविजेता टोलीले नगद ८००० रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने खेलकुद संयोजक अईन्द्र फुयालले जानकारी दिएका छन्।

ऐतिहासिक वरहा क्षेत्र कार्तिके पूर्णिमा मेलाको अवसरमा विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रम , कार्तिके पूर्णिमा मेला , मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगिता समेत आयोजना गरिएको छ। सम्पूर्ण खेलप्रेमी मेलाप्रेमी दर्शक महानुभावहरूलाई उपस्थित भएर खेलको मनोरञ्जन लिनुका साथै ऐतिहासिक बराह क्षेत्र मेलाको समेत अवलोकन भ्रमण गरिदिनुहुन आयोजक कमिटी सबैमा हार्दिक अनुरोध गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...