Skip to main content

साझा अक्षर

बुद्धशान्तिमा वडा स्तरीय T-10 क्रीकेट सुरु, आजको खेलमा वडा नम्बर ३,४ र ६ विजयी

 

बिर्तामोड मङ्सिर ४।। दोश्रो बुद्धशान्ति गाउँपालिका वडा स्तरीय नकआउट T-10 क्रीकेट प्रतियोगिता  आजबाट सुरु भएको छ

बाटबुद्धशान्ति गाउँपालिका वडा न:३ खेलकुद विकास समितिको आयोजना, गाउँपालिकाको प्रायोजन र गाउँपालिका खेलकुद विकास समितिको संयोजनमा संचालित प्रतियोगिता मङ्सिर ६  सम्म चल्ने  छ।

बुद्धशान्ति तीन स्थित पेट्रोल पम्प पश्चिमपट्टिको खेलमैदानमा आज भएको उद्घाटन खेलमा आयोजक वडा न:३ ले वडा न:५ लाई ७ विकेट ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वडा न:५ ले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाउन सफल भयो।वडा न:५ का लागि मन्जिल पौडेलले सर्वाधिक ४२ रन बनाएका थिए।जवाफी ब्याटिङमा ९३ रनको लक्ष्य पछ्याएको वडा न:३ ले ८ ओभरमा ३ विकेट गुमाउँदै सहजै लक्ष्य प्राप्त गर्यो।वडा न:३ का लागि दिपाङ्कर चौधरीले सर्वाधिक ५६ रन बनाएका थिए भने अर्पण कार्कीले २३ रन बनाएका थिए।ब्याटिङमा ५६ रन र बलिङमा १ विकेट लिएका दिपाङ्कर चौधरी खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी दोश्रो खेलमा वडा न:२ माथी रोमाञ्चक १ रनको जितको जित निकाल्दै वडा न:६ सेमिफाइनल प्रवेश गरेको छ।पहिलो ब्याटिङ गरेको वडा न:६ ले ६ विकेट गुमाउँदै ९३ रन बनाएको थियो।वडा न:६ का लागि प्रशान्त कुइकेलले सर्वाधिक २८ रन बनाएका थिए। ९४ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेको वडा न:२ ले मात्र १ रन ले लक्ष्य प्राप्त गर्न सकेन।वडा न:२ का लागि निरोज सिटौलाले ३४ रन बनाएका थिए ।ब्याटिङमा २८ रन र बलिङतर्फ २ विकेट लिएका वडा न:६ का प्रशान्त कुइकेल खेलको म्यान अफ द म्याच घोषित भए।


त्यसैगरी दिनको अन्तिम खेलमा ३ रनको झिनो अन्तरले वडा न:७ लाई पराजित गर्दै वडा न:४ सेमिफाइनल प्रवेश गरेको छ।पहिले ब्याटिङ गरेको वडा न:४ ले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ९० रन बनाउन सफल भयो।वडा न:४ का लागि सुरेन लिम्बुले सर्वाधिक ४४ रन बनाएका थिए ।जवाफी ब्याटिङमा ९१ रनको लक्ष्य पछ्याएको वडा न:७ ले ८७ रन मात्रै बानाउन सफल भयो।वडा न:७ का लागि राम कुवरले २९ रन बनाएका थिए।ब्याटिङमा २२ रन र बलिङतर्फ २ विकेट लिएका वडा न:४ का रिकेशराज आङ्देम्बे खेलको म्यान अफ द म्याच घोषित भए।
भोलि मङ्सिर ५ गते सेमिफाइनलका खेल हुने छन्  सेमिफाइनलमा बिहान ११ बजे वडा न:३ र ४ तथा दिउँसो १ बजे दोश्रो सेमिफाइनलमा वडा न:१ र ६ बिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने छ।

प्रतियोगिताको बिजेताले नगद २५ हजार ,ट्रफी ,मेडल र प्रमाणपत्र तथा उपविजेता ले नगद १५ हजार ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।सर्वाधिक रन र विकेट लिने खेलाडीले नगद ४/४ हजार प्राप्त गर्ने छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...