साझा अक्षर

बिर्तामोडमा भोलिदेखि वडास्तरीय फुटबल हुँदै

 

बिर्तामोड पुस ३ ।। झापाको बिर्तामोडमा पुस ४ गते (भोली) देखि छैटौं वडास्तरीय युवा तथा दोस्रो वडा स्तरीय भेट्रान्स फुटवल प्रतियोगिता २०८२ सुरु हुने भएको छ ।

बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुन गइरहेको प्रतियोगिताको फाइनल खेल पुस १३ गते सम्पन्न हुने विशाल अग्रवालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन बिर्तामोड नगर प्रमुख पवित्रादेवि महतारा प्रसाईले गर्नु हुनेछ ।

छैटौं वडास्तरीय युवा फुटवल प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख, उपविजेताले ५० हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, दोस्रो वडा स्तरीय भेट्रान्स फुटवल प्रतियोगिताको उपाधि विजेताले २५ हजार र उपविजेताले २५ हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । खेल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि स्थानीय स्तरमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गिरीको भनाई छ । प्रतियोगिता बिर्तामोड ७ स्थित नेत्र पार्कको खेल मैदानमा हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...