Skip to main content

साझा अक्षर

तेस्रो देउमाई तरुण कप आजबाट सुरु, उद्घाटन खेलमा वडा नम्बर ३ विजयी

इलामको देउमाई नगरपालिकामा आजबाट सुरु तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शानदार जित गरेको छ। उपाधि दावेदार मानिएको वडा नम्बर ८लाई ३ एक गो ल अन्तरले हराउँदै वडा नम्बर ३ सेमिफाइनलमा प्रवेश गरेको छ।

वडा नम्बर ३ को तर्फबाट जर्सी नम्बर २ का आदर्श गुरुङले फ्रीिकिक मार्फत उत्कृष्ट दुई गोल गरे भने एक गोल जर्सी नम्बर १४ का प्रकाश राईले गरे।

पराजित वडा नम्बर ८ का तर्फबाट भने जर्सी नम्बर ६ का सुजन राईले एक गोल गरे पनि त्यसपछि वडा नं ८ ले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किएको छ।

खेलको सुरुवात देखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले बल पोजिसन आफ्नो पकडमा राख्दै गोल गर्ने सुनौला अवसरहरू सिर्जना गरे र पाएको अवसरलाई सदुपयोग गर्दै पहिलो हाफमा नै वडा नम्बर ३ ले दुई गोल गर्न सफल भयो भने वडा नम्बर ८ ले एक गोल फर्काएको थियो।

दोस्रो हाफमा बराबरी गोल गर्ने लक्ष्यका साथ मैदान प्रवेश गरेको वडा नम्बर ८ ले नम्बर ३लाई केही दबाबमा राख्यो तर पाएका अवसरलाई सदुपयोग गर्न नसकिरहेको अवस्थामा वडा नम्बर ३ को तर्फबाट पुन अर्को गोल गर्दै वड जित सुनिश्चित गर्यो।

खेलमा दुई गोल गरेका वडा नम्बर २ का आदर्श गुरुङ म्यान अफ द म्याच भए उनलाई कार्यक्रमका सभाध्यक्ष बिमल काजी खम्बु प्रमुख अतिथि लगायतले नगद तथा ट्रफी प्रदान गरे।

प्रतियोगिता अन्तर्गत भोलि दुई खेल हुनेछन् भोलि हुने पहिलो खेलमा वडा नम्बर ४ र वडा नम्बर ५ का बीच खेल हुनेछ। त्यस्तै भोलि हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन वडा नम्बर २ ले वडा नम्बर ९ को सामना गर्नेछ।

 

हाम्रो गोल लागू औषध विरुद्धको बोल भन्ने मुख्य नाराका साथ स्थानीय स्तरमा रहेका खेलाडीहरूलाई उजागर गर्ने र खेलकुदको माध्यमबाट युवाहरूलाई सही मार्ग निर्देशनमा डोर्याउने उद्देश्य सहित नेपाल तरुण दल देउमाई नगर कमिटीले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको फाइनल खेल पौष १२ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद ६० हजारसहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै उपविजेता टिमले नगद ३५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव विनम ढकालले जानकारी दिनुभयो।

नेपाल तरुण दल देउमाई नगर कमिटी अध्यक्ष बिमलकाजी खम्बुको अध्यक्षता तथा नेपाल तरुण दल इलाम जिल्ला अध्यक्ष तथा इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tutti

Elementi sorprendenti nel gioco dazzardo con crazy time e puntate innovative per tuttiIl fascino della ruota e i moltiplicatori ca...

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারে

বিনোদনপূর্ণ কৌশলগুলি যাচাই করুন crazy time, যা আপনার ভাগ্য পরিবর্তন করতে পারেক্র্যাজি টাইমের পেছনের কৌশল এবং আকর্ষণগুণক এবং বাজির ...

Vibrant_connections_await_meet_new_people_near_me_for_lasting_friendships_and_ex

Vibrant connections await meet new people near me for lasting friendships and experiencesFinding Local Groups and ClubsDiving into...

Wonderful_spaces_from_concept_to_completion_with_inspiring_home_decor_ideas

Wonderful spaces from concept to completion with inspiring home decor ideasUnderstanding Color Psychology in Interior DesignLayeri...