Skip to main content

साझा अक्षर

तेस्रो देउमाई तरुण कप फुटबल प्रतियोगिता, उपाधिका लागि वडा नम्बर २ र वडा नम्बर ४ भिड्ने।

twitter sharing button
देउमाई पौष १० ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा जित निकाल्दै पहिलो संस्करणको च्याम्पियन वडा नम्बर ४ फाइनल प्रवेश गरेको छ। यो सँगै फाइनलमा वडा नम्बर ४ ले वडा नम्बर २ सँगको फाइनल भिडन्त  पक्का गरेको छ।

देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा गोल गर्ने लक्ष्य सहित दुवै टिम मैदान प्रवेश गरे। पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गर्दै वडा नम्बर ४ ले वडा नम्बर १ लाई दबाबमा राख्दै बल पोजिसन आफ्नो पकडमा राख्न सफल भयो। फलस्वरूप वार्ड  नं ४ का जर्सी नम्बर ७ सुशील बेघाले डिबक्स नजिकैबाट गरेको प्रहारले जाली चुमेसँगै वडा नम्बर ४ ले खेलमा अग्रता बनायो। त्यसपछि पनि लगातार आक्रमण गर्दै वडा नम्बर १ को डिबक्समा अधिकांश  बल पोजिसन राखेको वडा नम्बर ३ ले प्रहार भने गर्न सकिरहेको थिएन। तर डिबक्समा आएको बललाई क्लियर गर्ने क्रममा वडा नम्बर १ का क्याप्टेन सुरज राईको प्रहार आफ्नै पोस्टमा गोल हुन पुग्दा उपहार गोलबाट वडा नम्बर ४ ले अग्रतालाई दोब्बर बनायो।

दुई सुन्यो गोलले पछि परेको अवस्थामा वडा नम्बर १ ले त्यसपछि भने वडा नम्बर ४ लाई दबाबमा राख्दै बारम्बार अवसर  बनाइरह्यो। तर पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्दै वडा नम्बर १ सेमिफाइनल बाट घर फर्किएको छ

आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई फाइनल पुर्‍याउन सफल विजेता टिमका जर्सी नम्बर ७ का सुशील राई म्यान अफ द म्याच बन्दै नगद १००० र ट्रफी प्राप्त गरे उनलाई तरुण दल देउमाई नगर समिति अध्यक्ष बिमलकाजी खम्बु र अग्रज राजनीतिज्ञ मोती साम्पाङले नगद तथा ट्रफी प्रदान गरे।

 

हाम्रो गोल लागू औषध विरुद्धको बोल भन्ने मुख्य नाराका साथ स्थानीय स्तरमा रहेका खेलाडीहरूलाई उजागर गर्ने र खेलकुदको माध्यमबाट युवाहरूलाई सही मार्ग निर्देशनमा डोर्याउने उद्देश्य सहित नेपाल तरुण दल देउमाई नगर कमिटीले प्रतियोगिता आयोजना गरेको हो। पौष ६ गतेबाट सञ्चालित तियोगिताको फाइनल खेल  पौष १२ गते शनिबार दिनको ठीक १ बजे  हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद ६० हजारसहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै उपविजेता टिमले नगद ३५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव विनम ढकालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...