साझा अक्षर

तेस्रो देउमाई तरुणकप फुटबल, उपाधि आफूले जित्ने दुवै टिमका प्रशिक्षक र कप्तानको दाबी

 

देउमाई पौष ११ ।। तेस्रो देउमाई तरुणकप वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि आफूले जित्ने दुवै टिमका प्रशिक्षक र कप्तानले दाबी गरेका छन्।

आज देउमाई नगरपालिकामा अवस्थित रमणीय  एवं पर्यटकीय स्थल  पानीटारमा आयोजित प्रिम्याच कन्फ्रेन्समा  पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले आफ्नो टिम हरेक तवरले उत्कृष्ट रहेको र उपाधि जित्ने लक्ष्यका साथ भोलि मैदान उत्रिने बताउँदै  आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

प्रिम्याच कन्फ्रेन्स आयोजक समिति अध्यक्ष बिमलकाजी खम्बुको अध्यक्षता तथा जिल्ला फुटबल सङ्घ इलामका अध्यक्ष विक्रम श्रेष्ठको प्रमुख आतिथ्यता एबम्  फुटबल सङ्घ इलामका कोषाध्यक्ष   र दुवै टिमका प्रशिक्षक तथा टिम क्याप्टेन को उपस्थितिमा सम्पन्न  भएको हो । प्रिम्याच कन्फ्रेन्समा बोल्दै विशेष अतिथि  जिल्ला फुटबल संघ इलामका कोषाध्यक्ष निरज ढकालले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो। त्यस्तै प्रमुख अतिथि जिल्ला फुटबल सङ्घ इलामका अध्यक्ष विक्रम श्रेष्ठले तरुणकप देउमाई नगरपालिकाको प्रतिष्ठा रहेको बताउँदै आगामी दिनमा प्रतियोगितालाई निरन्तर आयोजना गर्न समेत आह्वान गर्नुभयो। यसका लागि जिल्ला फुटबल सङ्घको सहयोग  रहिरहने बताउनुभयो । त्यस्तै आयोजक नेपाल तरुण दल इलाम समिति अध्यक्ष बिमलकाजी खम्बुले खेलकुद सँगसँगै  नगरपालिकामा रहेका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले प्रिम्याच कन्फ्रेन्स रमणीय एवं पर्यटकीय स्थल पानीटारमा आयोजना गरिएको बताउनुभयो।

उक्त कार्यक्रमको सञ्चालन नेपाल तरुण दल देउमाई नगर समिति सचिव विनम् ढकाले सञ्चालन गर्नुभएको थिए।

इलामको देउमाई नगरपालिका ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा तेस्रो देउमाई तरुण कप फुटबल प्रतियोगिताको महाकुम्भ हुँदैछ । तेस्रो देउमाई तरुण कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल भोलि हुदैछ।

फाइनलमा चिर परिचित प्रतिद्वन्दी वार्ड नम्बर ४ र वडा नम्बर २ बीच उपाधिका लागि आमुन्ने सामुन्ने हुनेछन् वडा नम्बर ४ पहिलो संस्करणको विजेता हो भने वडा नं २ डिफेन्डिङ च्याम्पियन हो। त्यसकारण पनि भोलिको फाइनल खेल निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्ने र भोलिको फाइनल खेल हेर्नका लागि मंगलबारको खेलमैदानमा फुटबल प्रेमीहरूको ठूलो उपस्थिति रहने समेत अपेक्षा गरिएको छ।

वडा नम्बर २ सेमिफाइनलमा अर्को उपाधि दाबेदार वडा नम्बर ३ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । वडा नम्बर ४ वडा नम्बर १ लाई सेमिफाइनलमा प्रवेश गर्दै फाइनल मा वडा नं २ सँगको उपाधि भीडन्त पक्का गरेको हो

नेपाल तरुण दल देउमाई नगर समितिले आयोजना गरेको तेस्रो संस्करणको देउमाई तरुल कप फुटबल प्रतियोगिताको फाइनल खेल पौष १२ गते शनिबार दिनको १ बजे हुनेछ।

प्रतियोगिताको विजेताले आकर्षक ट्रफीका साथमा नगद ६० हजार रुपैयाँ र मेडल प्राप्त गर्नेछन्। उपविजेता टिमले नगद ३५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगद तथा ट्रफी प्रदान गरिने आयोजक नेपाल तरुण दल देउमाई नगर समिति सचिव विनम्र ढकालले जानकारी दिए

फाइनलको पूर्वसन्ध्यामा विजेताले प्राप्त गर्ने निकै नै आकर्षक ट्रफीलाई नगर परिक्रमा गराइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम ll चैत्र २८।। पाँचथरको याङनाममा जारी याङनाम गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा जित निकाल्दै झापाको सैनिक ११ फुटबल क्लब...
कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

फाकफोकथुमll चैत्र २८ ll कर्मचारी ११ आमचोक र मेतालुङ एफसी इलामको फाकफोकथुम ६ एकतप्पाको जानकी मा.बि.को खेल मैदानमा जारी खुल्ला पुरुष...
आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ । ब...
प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

झापा, चैत २८ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बन...