Skip to main content

साझा अक्षर

आठ वर्षको संघर्षपछि पर्दामा चम्किँदै कलाकार प्रतिभा नारायण

 

निशान निराैला इलाम  पछिल्ला आठ वर्षदेखि फिल्म क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएका कलाकार प्रतिभा नारायण बिक अब दर्शकमाझ एक सशक्त कलाकारका रूपमा चिनिँदै गएका छन्। फिल्म अध्ययनदेखि थिएटरसम्मको अनुभव बटुलेका उनी मुम्बईमा बसेर बलिउडमा समेत संघर्षरत रहे। सोही क्रममा उनले बलिउड सुपरस्टार विक्की कौशलसँग काम गर्ने अवसर पाएका थिए।

नेपाल फर्किएपछि उनले ‘क्राइम पेट्रोल नेपाल’, ‘डोरी ओगायेत’ जस्ता चर्चित सिरिज तथा दर्जनौं नेपाली फिल्महरूमा सहायक भूमिकामा अभिनय गरे। त्यस्तै, म्युजिक भिडियो र वेब सिरिजमार्फत पनि उनले आफ्नो अभिनय कौशल प्रस्तुत गर्दै आएका छन्।

हाल उनले निर्देशक रोशन दासको निर्देशनमा बन्ने नयाँ फिल्म ‘प्रतिवैरम्’ मार्फत मुख्य खलनायक अर्थात् नेगेटिभ प्रहरी इन्स्पेक्टरको भूमिकामा दर्शकमाझ देखिन लागेका छन्। यो फिल्म आगामी जेठ महिनामा प्रदर्शनमा आउने तयारीमा छ।

यस फिल्ममा उनले निभाएको कठोर, रहस्यमय र प्रभावशाली प्रहरी चरित्रले दर्शकलाई नयाँ स्वाद दिने विश्वास गरिएको छ। कलाकार प्रतिभा मा आफूलाई “एक अब्बल कलाकारका रूपमा चिनाउने यात्रामा रहेको” बताउँदै यस भूमिकालाई आफ्नो करिअरको महत्वपूर्ण मोडका रूपमा लिएका छन्।

लगातारको मेहनत, थिएटरको अभ्यास र विभिन्न माध्यममा गरेको अभिनयले उनी आज नेपाली फिल्म क्षेत्रमा लोकप्रिय बन्दै गएका कलाकारको रूपमा उभिएका छन्। ‘प्रतिवैरम्’ मार्फत उनले आफूभित्रको कलाकारिता अझ बलियो रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...