Skip to main content

साझा अक्षर

मिडिया कपको संरक्षकमा मेचीनगर पालिका, आधा दर्जन संस्थाहरु जोडिए

मेचीनगर, १९ पुस । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सम्झौता गरेका छन् ।

मिडिया कपको संरक्षकको रुपमा मेचीनगर नगरपालिका रहेको छ भने नगर खेलकुद विकास समिति मुख्य सहयोगी बनेको छ ।
मिडिया कपलाई भव्यरुपमा सम्पन्न गराउनका लागि दाताहरुले सहयोगको हात अगाडि बढाएका छन् ।

पुस १९ गतेसम्म प्रेस क्लब मेचीनगरसँग आधा दर्जन संघ संस्थाहरुले सम्झौता गरिसकेको क्लबका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
मिडियाकपका लागि पर्यटन कार्यालय काँकरभिट्टा, इष्ट होराइजन मावि, होटल मेची क्राउन, बिर्तामोड एजुकेशन धुलाबारी शाखा, उदेश्य निर्माण सेवा मेचीनगर, सहारा नेपाल साकोस, टिमुर चामल विराटनगर, अशोक मसला, मेचीनगर वडा नं १४, प्याब्सन मेचीनगर, मेची आँखा अस्पताल बिर्तामोड, स्कूल ब्रेनवेभ सर्कल मेचीनगर, डालमिया पानी उद्योग, काँकरभिट्टा खानेपानी लगायतले प्रायोजकको रुपमा सहयोग गरेको खेल संयोजक खगेन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार मिडिया कपका लागि व्यक्तिगत सहयोग पनि आउने क्रम जारी रहेको छ । क्लबले प्रायोजक संघसंस्थाको नाम क्रमशः सार्वजनिक गर्दै जाने संयोजक घिमिरेले बताए ।
यही पुस २७ र २८ गतेदेखि हुन लागेको मिडियाकपमा नेपालसहित भारतका दुईगरी ८ वटा पत्रकारको टिम सहभागी हुँदैछन् । प्रतियोगितामा प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गरेको छ ।

केही दिन अघि लोगो सार्वजनिक गरेको प्रेस क्लब मेचीनगरले दुई दिन भित्र खेल तालिका पनि सार्वजनिक गर्ने बताइएको छ । खेल मैदान सम्याउने लगायतका अन्य व्यवस्थापनका काम तीब्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।
मिडिया कपको विजेताले नगद ५० हजारसहित ट्रफी, शिल्ड तथा प्रमाण पत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सञ्चारको क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक मिडियाकप आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

Inloggegevens_en_diverse_casino_spellen_bij_Jaa_bet_voor_alle_gebruikers

Inloggegevens_en_diverse_casino_spellen_bij_Jaa_bet_voor_alle_gebruikers

Bonusy_w_serwisie_slot_exo_casino_oraz_dostępne_metody_płatności

Jogos_de_slots_disponíveis_no_riverspin_para_diversão_de_apostas_online

छुटाउनुभयो कि ?

Inloggegevens_en_diverse_casino_spellen_bij_Jaa_bet_voor_alle_gebruikers

Inloggegevens en diverse casino spellen bij Jaa bet voor alle gebruikersHet aanbod van spellen op de siteVerschillende soorten spe...

Bonusy w serwisie slot exo casino oraz dostępne metody płatnościJakie rodzaje gier można znaleźć na stronieMechanika automatów i g...

Jogos_de_slots_disponíveis_no_riverspin_para_diversão_de_apostas_online

Jogos de slots disponíveis no riverspin para diversão de apostas onlineO que é o site riverspin e para quem é indicadoPerfil de ut...