Skip to main content

साझा अक्षर

सरगम सङ्गीतालयद्वारा न्यानो कपडा वितरण

झापा।। सरगम सङ्गीतालय बिर्तामोडले विगतका वर्षहरूमा झैं यस वर्ष पनि अति विपन्न वर्गका विद्यार्थीहरूलाई लक्षित गर्दै जाडो मौसममा न्यानो कपडा वितरण गरेको छ।

आज सोमबार झापा गाउँपालिका ५ पन्थापाडा स्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरूलाई ६० थान नयाँ ज्याकेट तथा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूलाई १०० थान मोजा वितरण गरिएको हो।

कार्यक्रम सरगम सङ्गीतालयका संस्थापक एवं गुरु दिपक रायमाझीको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिकी सदस्य सावित्री राजवंशीको सभापतित्वमा सम्पन्न भएको छ।

सरगम सङ्गीतालयका जेष्ठ विद्यार्थी लिलानाथ खत्री खतिवडा, विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद गणेश तथा प्रमुख अतिथिले मन्तव्य राख्नु भएको थियो।

कार्यक्रमको सभाध्यक्ष राजवंशीले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन शिक्षक लोकबहादुर कटुवालले गर्नु भएको थियो।
विद्यालयमा हाल कूल ३सय ९० जना विद्यार्थी अध्ययनरत रहेका छन्, जसमा १६८ जना छात्रा र २२२ जना छात्र रहेका छन्।

कार्यक्रमका लागी स्कुल व्याग एन्ड सुज सेन्टर शनिश्चरेले जिन्सी, बुद्ध स्मृति एजुकेसन फाउन्डेसनको यातायात सहजिकरण गरेको कार्यक्रममा अभिभावकहरूको समेत सहयोग रहेको थियो।

सरगम सङ्गीतालयले सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारका सहयोगात्मक कार्यक्रमहरू निरन्तर रूपमा गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...