Skip to main content

साझा अक्षर

अमेरिकाको भिसा लिदाँ धरौटी राख्नु पर्ने देशहरूको सूचीमा नेपालपनी

झापा।पौष २३।। अमेरिकाले नेपाललाई पनि भिसा लिँदा धरौटी अर्थात् ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा राखेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही जनवरी २६ तारिखदेखि बी–वान, बी–टु अर्थात् पर्यटक वा व्यावसायिक भिसा लिने नेपालीले पनि ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी पेश गर्नुपर्ने छ ।

भिसाका लागि हुने अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले व्यक्तिको अवस्था हेरेर धरौटीको रकम तय गर्नेछन् । धरौटी राख्दैमा भिसा जारी हुने सुनिश्चित भने हुँदैन ।

अमेरिकाले अहिलेसम्म ३८ देशका नागरिकका लागि धरौटी राख्नुपर्ने प्रावधान राखेको छ । जसमा दक्षिण एशियाका देशहरू बङ्गलादेश र भुटान पनि छन् ।

अमेरिकाको यात्रा गरेर निश्चित समयभित्र अमेरिकाबाट बाहिरिएपछि वा भिसा कायम रहेको अवधिभित्र अमेरिकाको यात्रा नगरेमा भिसावाहकको रकम फिर्ता हुन्छ । भिसा भएको तर अमेरिका प्रवेश गर्ने अनुमति नपाएको अवस्थामा पनि धरौटी फिर्ता हुन्छ ।

अमेरिकाले बी–वान/बी–२ भिसावाहकका लागि अमेरिका प्रवेश गर्न र बाहिरिनका लागि तीन वटा विमानस्थल पनि तोकेको छ । बस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल (बीओएस), न्यूयोर्कमा रहेको जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थल (जेएफके) र वाशिङ्टनमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थल (आईएडी) बाहेक अन्य विमानस्थल प्रयोग गरेर प्रवेश वा बहिर्गमनको अनुमति नहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...
गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आदर्श स्कुल अफ म्यानेजमेन्ट

बिर्तामोड, असार २९। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आएको आदर्श स्कुल अफ म्...